फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय: प्रम ओली

फाल्गुनन्दको १३४ औं जन्म जयन्ती

  सरलपाटी संवाददाता

 642 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूती तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गरेकोे अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।
फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फाल्गुनन्दले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । शुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुंदे घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाइ लाग्छ त्यो घोषणा पत्रले हाम्रो समाज सुधारका लागि ठुलो योगदान ग¥यो ।’
फाल्गुनन्दले समाज सुधारका लागि दिनु भएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् । फाल्गुनन्दले अहिंसात्मक अभियान समेत सञ्चालन गर्नुभएको जसले समाजमा शान्ती कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको सुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।
समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् । प्रधानमन्त्री ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला फाल्गुनन्दको जन्मदिनको दिन किराँत धर्मवालम्बीहरुलाई सार्वजनिक विदा दिन सुरुवात गरिएको हो ।
विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो ।
किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उनलाई सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनी नेपालका १६ औं राष्ट्रिय विभूति हुन्।
उनको फोटो अङ्कित हुलाक टिकटसमेत प्रकाशन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार