आपतकालीन तयारी तथा प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम इलाममा सम्पन्न भएको छ । उन्नती परियोजनाको सहयोग र केन्द्रीय चिया सहकारी संघको आयोजनामा भएको तालिममा इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर तथा ताप्लेजुङ्ग गरी ७ जिल्लाका चिया सहकारी, मझौला तथा साना चिया उद्योगीहरुको सहभागिता थियो ।
पहिलो चरणमा २१ जना र दोस्रो चरणमा २४ गरी जम्मा ४५ जना सहभागी भएको तालिममा व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य, आपतकालिन तयारी आगो र त्यसको सिद्धान्तहरु औधोगिक आगो तथा त्यसको नियन्त्रण, आगो नियन्त्रण, कार्य स्थलमा प्रार्थमिक उपचार, सुरक्षा समिति सम्वन्धि जानकारी र महत्व, श्रम ऐनमा व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धि प्रावधान तथा कार्य स्थलमा तनाव व्यवस्थापन सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक सिकाई प्रदान गरिएको संघका महासचिव रविन राईले जानकारी दिए ।
तालिमको सहजीकरण माधव राज विष्टले गरेका थिए ।
online news


439 पटक हेरिएको 






