फरार अभियुक्त २३ वर्षपछि पक्राउ

  सरलपाटी संवाददाता

 461 पटक हेरिएको

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।

राईलाई सिआइबीको टोलीले सुनसरीको बराह नगरपालिका–३ ठाकुरबारीबाट पक्राउ गरेको हो । अभियुक्त राईले २०५२ कात्तिक ४ गते उदयपुरको रामपुर–२ कोशीटप्पुमा रहेको एक नर्सरीमा काम गर्ने शाहलाई मुक्का र लाठीले हिर्काउदा मृत्यु भएको थियो ।

राईविरुद्ध सर्वोच्च अदालतले २०६० चैत ५ गते जन्मकैदको फैसला गरेको थियो । शाहको हत्यालगत्तै राई फरार रहँदै आएका थिए । अभियुक्त राईलाई कैद भुक्तानका लागि जिल्ला कारागार उदयपुर चलान गरिएको सिआइबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार