विश्वमै दुर्लभ मानिएको बन्यजन्तु रेडपाण्डा (हाब्रे) कुकुरले सिकार गरिरहेको अवस्थामा भेटिएको छ ।
सन्दकुर-१स्थित माईपोखरीभन्दा केही तल तीनकुने भन्ने स्थानमा दुइटा कुकुरले सिकार गरिरहेको अवस्थामा रेडपाण्डा भेटिएको स्थानीय संचारकर्मी युवराज पिसीले जानकारी दिए । स्थानीय चालक यान्ङ्ग्जीन गुरुङले कुकुरले सिकार गरिरहेको देखेपछि खोसेका थिए । कुकुरलाई खोस्ने बित्तिकै पान्डा मरेको थियो । उनले प्रहरीलाई खबर गरेका थिए । बन्दुके प्रहरी चौकी र बनका कर्मचारीहरुले मुचुक्का गरि मृत पाण्डालाई पोस्टमार्टमका लागि जिल्ला वन कार्यलय ल्याइएको प्रहरीले जनाएको छ ।
केही महिना अघिमात्र इलामकै पुवामझुवामा पनि कुकुरले एउटा रेडपाण्डाको शिकार गरेर मारेको थियोे । यसले गर्दा रेडपाण्डालाई कुकुरबाट जोगाउन चुनौती देखिएको छ ।