तिहारलाई लक्षित गरेर लुकाइ-छिपाई इलाम लगिएको पटका प्रहरीले इलामको तीनघरे स्थित शान्ति चोकबाट बरामद गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीले झापाको विर्तामोडबाट इलामका लागि हिंडेको को १ ज २५७१ नम्बरको गाडीबाट पटका बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
बरामद गरिएको पटकामा आलु वम २ सय ८८ थान, किङकोब्रा बम ३ सय ३० थान सटपुट बम एक सय थान, म्यागिज ९० थान, रकेट बम ४० थान, झिरझिरे पटका एक सय चार थान रहेको जनाइएको छ । यसै गरि राजमार्ग गस्तीकै क्रममा मे १ ज ३०३२ नम्बरको पिकप गाडीले झापाबाट पाँचथर तर्फलिएर गएको सिक्किमे ब्राण्डको २४ बोतल अवैध मदिरा पनि बरामद गरेको जनाइएको छ ।
तिहारलाई लक्षित गरि पटका भित्र्याउन नदिने नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले राजमार्ग तथा ग्रामीण सडकलाई समेत गस्ती बढाएको प्रहरीले जनाएको छ ।