यातायात क्षेत्रको सुधारका लागि इलाममा बिहीबार देखि यात्रुलाई टिकट अनिवार्य गरिएको छ । जहाँसुकै यात्रा गर्ने यात्रुलाई गन्तब्यसम्म जाँदाको भाडा दरको टिकट अनिवार्य लिन र यातायात व्यवसायी तथा कर्मचारीलाई टिकट दिन अनिवार्य गरिएको हो ।
दशैंतिहार जस्ता चार्डपर्वको अवसरमा यात्रुबाट भाडा बढी लिने र यात्रुलाई ठग्ने घटना बढेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको यातायात व्यवस्था समिति र यातायात व्यवसायी संस्था पुर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्रालिले सवारीमा टिकट अनिवार्य गरेका हुन् । ताकिएको भाडा भन्दा बढी भाडा लिएमा र टिकट नदिएमा एक हजार रूपैयाँ देखि पाँच हजार रूपैयाँ सम्म जरिवाना हुने प्रावधान रहेको पर्ूर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए । उनले भने ‘ इलामका सवारीमा टिकट अनिवार्य गराइने, सीट क्षमता भन्दा बढी यात्रु नराखिने, काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य परिचयपत्रको व्यवस्था गरिएको, यात्रामा रहंदा मोवाइल प्रयोग बन्द गरिने र चालकलाई अनिवार्य जुत्ताको प्रयोग गराइएको छ ।’
जिल्ला यातायात व्यवस्थापन समितिले जिल्लामा १ सय ४३ वटा सडक रुटको कायम गरेको नयाँ भाडादरको र्सार्वजनिक गर्दै यात्रुहरूलाई अनिवार्य टिकट कटाएर मात्र यात्रा गराउन आग्रह गरिएको छ । यस्तै प्रत्येक सवारीमा नयाँ भाडा दरको सूची टाँस्न पनि अनिवार्य गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नयाँ भाडा दरको सूची समेत र्सार्वजनिक गरेका छन् । प्रजिअ तिम्सिनाले इलामबाट छुट्ने प्रत्येक सवारीमा नयाँ भाडादरको सूची टाँस गर्न र त्यसको कडाइका साथ अनुगमन गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएका छन् । प्रजिअ तिम्सिनाले यातायातकर्मीहरूले आफ्नो आचार संहिता पालना गरेर इलाम भित्रने पर्यटकलाई पहिलो भेटमै आफ्नो शिस्टताको परिचय दिन आग्रह गरे ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले यातायात व्यवसायीले टिकट अनिवार्य गर्नुलाई यातायात क्षेत्रमा शुसाशनको पहिलो कदम भएको बताए । यातायात क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्ने भन्दै प्रमुख बस्नेतले यातायात क्षेत्रको सुधार र सडक सुरक्षामा सरकारी माप दण्डलेमात्र नहुने र यसका लागि यातायात व्यवसायी र कर्मचारीको व्यवहार महत्वपर्ूण्ा हुने बताए ।
इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले चालकको कारण सबैभन्दा बढी दुर्घटनाको कारण भएको भन्दै चालकलाई सचेत हुन आग्रह गरे । उनले ट्राफिक प्रहरीलाई पनि यातायात क्षेत्रको सुधारका निम्ति खट्न र ट्राफिकले आफ्नो काममा तलमाथि केही गरे आफूलाई भन्न पनि यातायात व्यवसायी र र्सवसाधारणलाई आग्रह गरेका थिए । उपरिक्षक श्रेष्ठले इलाम- काठमाडौंको भाडादर मनपरि भएको र त्यसतर्फध्यानाकर्षा जरूरी रहेको बताए ।
यसअघि यातायात व्यवस्था विभागले देशभरका पक्की सडकको भाडादर १० प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेको थियो । यातायात व्यवस्था विभागले गरेको भाडा निर्धारण र जिल्लाका ग्रामीण सडकको अवस्थाका विषयमा प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा जिल्लामा भाडाको नयाँ दर कायम गरिएको प्रजिअ तिम्सिनाले जानकारी दिए । नयाँ भाडादर अनुसार बिर्तामोड-इलामको भाडादर इलामका सवारीले दर्ुइ सय ९० रूपैयाँ लिने जनाइएको छ ।
इलामदेखि चार किलोमिटरमा रहेको बिब्ल्याँटे बजार पुग्न अब तीन रुपैयाँ भाडा बढेको छ । २५ रुपैयाँ रहेको यो रुटको भाडा २७ पुर्याइएको छ । मंगलबारे-बिर्तामोड ६९ किलोमिटर कच्ची सडकको बस भाडादर साढे चार सय, राँके-दमक ७८ किलोमिटरको बसको भाडा पाँच सय रुपैयाँ कायम गरिएको छ । ३१ किलोमिटर पक्की सडक रहेको इलाम-मंगलबारेको भाडादर भने एक सय ७० रुपैयाँ कायम गरिएको छ ।