इलाम फाकफोकथुम गाउँपालिका-२ का २० वषर्ीय सुबास रिजालले सेवालिन जाँदा आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष यामबहादुर पौडेल विरूद्ध मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
विजुलीको मिटरबक्सका लागि सिफारिस लिनजाँदा वडा- २ कै वडाध्यक्ष पौडेलले कार्तिक १३ गते आफूमाथि कार्यकक्षमै कुटपिट गरि निकालेको रिजालले दिएको उजुरीमा उल्लेख छ । पौडेलले रिजाललाई टाउकोमा दर्ुइ बक्सर हानेको प्रत्यक्ष दर्शीले बताएका छन् । १५ दिन अघिमात्रै गाउँमा विस्तार भएको विजुली मिटर बक्स नभएपछि आफूहरूले डाइरेक्ट लाइनबाट जोडेको र विद्युत कर्मचारी तीनदिन अघि विजुली काटिदिएको पीडित रिजालले बताएका छन् । विद्युत काटिएपछि आफूले वडाध्यक्षलाई फोन गरि सूचना नदिइ विद्युत काटेको गुनासो गरेको रिजालले बताएका छन् ।
मिटरबक्सको सिफारिस लिन वडा कार्यालय जाँदा हिजो मलाई फोन गरि धम्क्याउने तं नै होइनस भन्दै वडाध्यक्षले कुटपिट गरेको पीडित रिजालले बताएका छन् । रिजालले आफूले लगेको जग्गाधनि पर्ूजा पनि वडा कार्यालयमै राखिदिएको र सिफरिस पनि नदिएको बताए । वडाअध्यक्ष पौडेलले भने विद्युत प्राधिकरणले लाइन काट्दा रिजालले फोन गरि तेरो वडा कार्यालय ध्वस्त बनाइदिन्छु भन्दै धम्की दिएकाले सिफारिस नदिएको बताए । उनले भने ‘मलाइ धम्की आएपछि प्रहरीमा उजुरी गरेको र कार्वाही नभएसम्म सिफारिस दिन्न भनेर पठाएको छु ।’


493 पटक हेरिएको 






