सुन्धाराबाट इलामका एक बालकको उद्दार

  सरलपाटी सम्बादाता

 576 पटक हेरिएको

इलामका १४ वर्षीय बालक देवराज ओलीलाई केन्द्रीय अनुसन्धान व्यूरो -सीआइबी ) को टोलीले मंगलबार काठमाडौंको सुन्धारा स्थित एक होटलबाट उद्दार गरेको छ । साउन १८ गतेदेखि हराइरहेका बालकको खोजीका निम्ति उनकी आमा तुलसादेवी ओलीले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा निवेदन दिएकी थिइन् ।
भारतको दार्जिलङ बसेर अध्ययन गर्दै गरेका बालक साउन १५ गते सूर्योदय नगरपालिका- १ गोर्खे घर आएका थिए । घर आएकै तीनदिन पछिदेखि हराएका खोजी गरिदिन बालककी आमाले प्रहरीमा आग्रह गरेकी थिइन् । उद्दार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाउन उनका मामालाई काठमाडौं पठाइएको प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए । आमा तुलसादेवी भने वैदेशिक रोजगारीका विदेशमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार