इलामलाई चियाको नमुना क्षेत्र घोषणा गर्ने प्रतिवद्धता

  सरलपाटी सम्वाददाता

 854 पटक हेरिएको

इलाम । चिया सरोकारवालाले इलामलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यमा थप सुधार गर्दै नमुना क्षेत्र घोषणा गर्ने प्रतिवद्धता े व्यक्त गरेका छन् ।
कृषक तथा व्यवसायीहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थमा ध्यान पु¥याउन सके उपादकत्वमा थप टेवा पुग्ने भन्दै नमुना क्षेत्र घोषणा गर्न तयार रहेको बताएका हुन् ।
इलाममा ३ दिन सम्म सञ्चालित चिया सरोकारवालका लागि व्यवसायजन्य सुरक्षातथा स्वास्थ्य अभिमुखिकरण तालिमका सहभागीले कृषकलाई आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीहरु पर्याप्त उपलव्ध गराउन सके र कामदारलाई प्राथमिकता दिन सके उत्पादन क्षमतामा वृद्धि हुनेमा जोड दिएका हुन् ।तालिममा कृषक र व्यवसायीहरुका लागि चियावारीमा सुरक्षा,स्वस्थ्य र उत्पादकत्वमा वृद्धि,सामाग्री भण्डारण र व्यवस्थापन, कार्यस्थल तथा औजारहरु,मेसिनबाट सुरक्षित रहने तरिका,कार्यस्थालको वातावरण र खतरनाथ वस्तुहरुको रोकावट,कल्याणकारी सेवा सुविधा लगायतकाबारेका चर्चा गरिएको थियो ।
अन्तराष्ट्रिय श्रम संगठन (आइलओ) काठमाडौको आयोजनामा भएको तालिममा इलामसहित झापा, पाँचथर ,धनकुटा, तेह्रथुम, संखुवासभाका चिया उद्योगी, चिया सहकारी, उद्योग वाणिज्य संघ, ट्रेड युनियन, राष्ट्रिय चिया तथा कफी विकास वोर्ड प्रतिनिधि लगायत ४० जनाको सहभागिता रहेको थियो
कार्यक्रमको सहजीकरण वरिष्ठ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा श्रम निरीक्षण विज्ञ दिल्लीका सुयोशी कावा कामीले गरेका थिए । इलामसहित पूर्वका सात जिल्लामा उन्नति समावेशी पैरवी,चूनौति कोष अन्तर्गत चिया, दूध, अदुवा, अलंैची कृषक तथा व्यवसायीका लागि उन्नति समावेशी कार्यक्रम सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार