झापा । झापामा आत्महत्याको घटना बढिरहेको प्रहरी तथ्यांकले देखाएको छ । घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले आत्महत्याको घटना बढिरहेको हो ।
आर्थिक वर्ष ०७४/०७५ मा दुई सय ४७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । जसमध्ये दुई सय ११ जना झुण्डिएर, २५ जना बिष सेवन गरेर र एक जनाले आगो लगाएर आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष ०७३/०७४ मा एक सय ९७ जनाले झुण्डिएर, ३१ जनाले बिष सेवन गरेर, आगो र औजारबाट १/१ जनाले आत्महत्या गरेका थिए । झापामा आत्महत्याको घटना वर्षेनी बढे पनि यसको रोकथामका लागि भने प्रहरीले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै झुण्डिएर, विष सेवन गरेर, आगो र औजारको प्रयोग गरेर १८ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
झापासहित प्रदेश–१ का १४ जिल्लामा समेत आत्महत्याको अवस्था कहाली लाग्दो अवस्थामा रहेको पाइएको छ । पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभा, उदयपुर लगायतका जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको प्रदेश प्रहरीले जनाएको छ ।
हरेक ४० मिनेटमा एक आत्महत्या
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनि १० लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।
डब्लूटीओका अनुसार हरेक तीन सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको र हरेक ४० मिनेटमा एक व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । यो संख्या, सम्पूर्ण, प्राकृतिक प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरको संख्या भन्दा पनि बढी भएको डब्लूटीओले जनाएको छ ।
आत्महत्या मानिसक रोग
आत्महत्या एउटा औषधिविहीन सामाजिक रोगभएको चिकित्सकहरुले बताएका छन् । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु र भावी जीवनको लागि असमर्थ हुनु र त्यसपछि आत्महत्या हुने भएकाले यो एक प्रकारको मनोरोग भएको चिकित्सकहरुको भनाई छ ।
वास्तवमा लागूपदार्थ सेवनबाट हुने कलह र झैझगडाबाट पनि आत्महत्याको घटना बढाएको डाक्टरहरुले बताएका छन् ।


569 पटक हेरिएको 






