सीमा सुरक्षा मजबुत बनाउन पशुपतिनगरमा ‘बिओपी’

  सरलपाटी सम्वाददाता

 404 पटक हेरिएको

इलाम।सीमा सुरक्षा मुख्य चुनौति देखिएपछि जिल्लाको पशुपतिनगरमा सशस्त्र प्रहरीको ‘बिओपी’ स्थापना गरिएको छ ।
सुरक्षा मजबुत नभएको भन्दै स्थानीयबासीले पटक–पटक जिल्लामा गुनासो गरेपछि बिओपीको स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमका बीच १ नम्बर प्रदेश वाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले बिओपीको औपचारिक उद्घाटन गरेका छन् ।
१ नम्बर प्रदेश इलाम बाहिनीका शसस्त्र प्रहरीका डिएसपी हरि थापाका अनुसार सीमा स्तम्भको सुरक्षा, दुई देशबीच आपाराधिक गतिविधि नियन्त्रण जस्ता कार्यलाई ध्यानमा राख्दै बिओपी स्थापना गरिएको हो । श्रेष्ठका अनुसार पशुपतिनगर बिओपीमा ३५ जना शसस्त्र प्रहरीको दरबन्दी रहेको छ ।
उनका अनुसार जिल्लाको छब्बिसे, मानेभञ्याङ र सन्दकपुरलाई बिओपी क्याम्पका लागि सिफारिस गरिएकोमा हाललाई पशुपतिनगर स्थापनाका गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार