माछा मार्न गएका वृद्धाको खोलामा डुबेर मृत्यु

माइजोगमाई गाउँपालिका वडा नं. १ निवासी ७२ वर्षीय एक वृद्धको जोगमाई खोलामा डुबेर मृत्यु भएको छ ।
घरबाट माछा मार्न गएका डम्बरबहादुर राईको डुबेर मृत्यू भएको हो । घरबाट मंगलबार साँझ माछा मार्न भनी हिडेका राईको शव बुधबार विहान जोगमाई खोलामा भेटिएको हो । फासी जाल र टोपी खोलाको ढुङ्गामा भेटिएको थियो । जाल र टोपी भेटिएको ठाउँबाट पाँच मिनेटको दूरीमा रहेको पोखरीमा राईको शव भेटिएको थियो । राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार