कवितालाई थोरै शब्दमा धेरै भाव व्यक्त गर्ने शिल्पका रुपमा पनि लिइन्छ । त्यसै अनुरुप एक कविले दशैंलाई यसरी अथ्र्याएका छन्–
हट्यो सारा हिलो मैलो
हरायो पानीको बर्षा,
भवानीको भयो पूजा
भयो आनन्दको चर्चा ।
दशैंप्रतिको बुझाइ र अभिव्यक्ति फरकफरक देखिन्छ । कसैले यसलाई विजया दशमी भन्दछन् कसैले वडादशैं । जनबोलिमा भने यो दशैं नै हो । दशैंलाई कसैले हिन्दुहरुको चाड भनेको सुनिन्छ । वास्तवमा दशैं नेपालीहरुको चाड हो । कुनै न कुनै रुपमा, प्रत्यक्ष वा परोक्ष रुपले सबै नेपालीले यस चाडलाई मनाउँछन् । यो हाम्रो एउटा सामाजिक पर्व हो ।
परम्परागतरुपमा दशैंको सामाजिक महत्व छ । हाम्रोमा कुनै पनि चाडपर्वमा निम्ता नपाई कसैकोमा जाने चलन छैन । तर दशैं मात्रै यस्तो एउटा चाड हो जसमा विना निम्ता, विना पूर्वसूचना, मान्यजनकोमा जाने गरिन्छ । यति हुँदा हुँदै पनि यसको मान्य परम्परा पितृ सत्तात्मक प्रकृतिको छ । उमेरले जति नै जेठा भए पनि चेली पक्षकाहरु माइति पक्षकामा नै टीका थाप्न जाने चलन छ । यसमा सुधार गरी ज्येष्ठतालाई आधार मानेर टीका थाप्ने गर्न सकिन्छ । कनिष्ठ भदाले ज्येष्ठ फुपूलाई भन्दा ज्येष्ठ फुपूले कनिष्ट भदालाई टीका लगाइदिएर आशीर्वाद दिनु उपयुक्त देखिन्छ ।
दशैंमा लगाइने टीकालाई भवानीको प्रसादका रुपमा लिइन्छ । प्रसाद लगाइदिएपछि आशिर्वाद दिइन्छ । ज्येष्ठले कनिष्ठलाई दिने शुभकामना नै आशिर्वाद हो । कनिष्ठले ज्येष्ठलाई त शुभकामना दिइन्छ, तिनका प्रति चिरायुको कामना गरिन्छ । भाव एउटै भए पनि त्यसलाई अवस्थानुसार व्यक्त गर्ने शब्द फरक छन् ।
परम्परागतरुपमा दशैं सरसफाइको चाड समेत हो । यसको स्वागतका लागि घर आगन मात्रै होइन बाटाघाटाको समेत सरसफाइ र मर्मत गर्ने चलन थियो, अभैm धेरैतिर यो चलन कायम छ । दशैं पारेर घर लिपपोत तथा रंग रोगन गर्ने चलन शहर बजारतिर हट्दै गएको छ । आप्mनो सुविधा अनुसार यस्तो कार्य अन्य समयमा गर्न थालिएको छ ।
शहरको तुलनामा गाउँ घरमा यस्तो लिपपोतको चलन अभैm कायमै छ । तर लिपपोत गर्ने पुराना सामग्रीमा भने परिवर्तन आउँदैछ । उहिले गाउँ घरमा चुना पाइँदैन थियो, त्यसैले सेतो कमेरो र रातो माटोले घर पोत्ने चलन थियो । कमेरो लिन लाठेहरु जान्थे, त्यो जहाँ तहाँ पाइँदैन थियो । साथै यस्तो कमेरो खन्ने काम अलिक कठीन र जोखिमको समेत हुन्थ्यो । रातो माटो भने मड्केनामा गएर अधिकतर महिलाहरु नै लिएर आउँथे । यस क्रममा यदाकदा दुःखद घटना पनि हुन्थे, मड्केनामा महिला पुरिन्थे मास्तिरको ढिस्कनु खसेर, कतिको ज्यानै जान्थ्यो ।
दशैंको विशेष परिकारमा चिउरा पर्छ तिहारको सेल रोटी जस्तै । गाउँघरमा दशैंमा घरघरमै चिउरा कुट्ने चलन हुन्थ्यो । दिनमा भन्दा पनि राति कुटिन्थ्यो चिउरा, दिनको साविकको काम सिध्याएर । त्यसैले राति अबेरसम्म गाउँभरी ढिकी बजेको आवाज गुञ्जिरहन्थ्यो । यस्तोमा पर्मा जसरी परिवार परिवारमा आलोपालो गर्ने चलन समेत थियो । कुपीको उज्यालोमा चिउराको घान लगाउनु एक प्रकारको सीप नै हो । यसको तालमा वितल पर्दा यदाकदा घान लगाउनेका हात समेत कुटिन पुग्यो ।
मासुमंस चल्ने परिवारमा चलन अनुसार खसी, बोका, राँगा, सूँगुर आदिको समेत जगेडा गर्ने चलन थियो÷छ । शाकारी परिवारमा दही र केराको जोगाड गरिन्थ्यो चिउरासँग खान । मासुमंस चल्ने परिवारमा पनि शाकाहारी पाहुना आउन सक्ने भएकाले त्यस्ता घरमा समेत दही र केराको बन्दोवस्त गरिन्थ्यो । दशैंमा घरैपिच्छे केराका घरी कसरी पुग्थे, अरु बेला के हुन्थ्यो, बिचार गर्दा उदेक लाग्छ ।
कतै आफन्त आदिकामा जाँदा खालि हात नजानु भन्ने सामाजिक मान्यता अनुसार मानिस केही न केही सामग्री लिएर जाने चलन छँदैछ । त्यसलाई कोसेली भनिन्छ तर दशैंको कोसेलीको विशेष नाम छ– सिसार । आप्mनो गच्छे अनुसारको सिसार लाने चलन थियो । सहज उपलब्धताका आधारमा कतिले केराका काइँया बोक्थे । पशुपालन सर्वत्र जसो हुने भएकाले दुधको कुराउनी बनाएर लाने चलन निकै व्यापक थियो ।
कुराउनी पोको पार्ने अचेल जस्तो प्लास्टिक थिएन, त्यसैले पातका बोहोता, टपरीमा कुराउनी राखेर माथिबाट पातैले मोर्ने चलन थियो सिन्का उनेर । कतै कतै त्यसलाई चोयाले बनाएका पेरुङ्गामा राखेर अझ सुरक्षित गरिन्थ्यो । चलन अनुसार खासगरी जनजातिका मानिस यस्तो पेरुङ्गामा मासु समेत राखेर लाने गर्दथे । दशैंमा रित बुझाउन भनेर केटा पक्षले मारेका सिङ्गै राँगा, सुँगुर समेत लाने चलन थियो केही जनजातिहरुमा ।
दशैं सबैभन्दा बढी लाग्थ्यो केटाकेटीलाई । उनीहरुका लागि दशैं पापा, नाना, चाचा पाउने अवसर हुन्थ्यो । पंक्तिकारकै बाल्यकालमा मात्रै होइन निकै पछिसम्म पनि उसले पाउने नयाँ कपडा भनेको दशैंको एक जोर हुन्थ्यो । त्यो पनि अधिकतर स्कूलको युनिफर्मका रुपमा । एक जोर कपडाले दशैं पनि मानिन्थ्यो, बर्ष दिनलाई स्कूल ड्रेस पनि हुन्थ्यो । अचेलजस्तो स्याहारी नसक्ने गरीका कपडा हामी सपनामा पनि देख्दैन थियौं ।
कपडासँग अर्को समस्या थियो सिलाउने । अचेल जस्तो तयारी पोशाक नपाइने भएकाले थानबाट कपडा लिएर दर्जीकहाँ सिलाउन दिनु पर्ने । बिचरा दर्जीहरुलाई भ्याइनभ्याइ । इलाम बजारमा मेन्टोल बालेर रातिसम्म कपडा सिलाउँथे दर्जीहरु । लुगा सिलाइसक्ने अन्तिम म्याद एकै दिन हुन्थ्यो– पूmलपाति । कथम् त्यस दिन कपडा सिलाइ सकिएन भने रुवावासी चल्थ्यो केटाकेटीमा ।
मलाई सानैदेखिको राम्रो सम्झना छ पूmलपातिका दिनहरुमा नयाँ लुगा लगाएर पूmलपाति हेर्न टुँडिखेल गएको । निकै टाढाका गाउँघरबाट समेत मानिस लस्कर लागेर पूmलपाति हेर्न आउँथे । जुत्ता सहितको नयाँ पोशाकमा टुँडिखेलतिर लाग्दा बाटामा आधा समयमात्रै रमिता हेरिन्थ्यो, बाँकी आधा समय आप्mनै पोशाक नियाल्नमा खर्च हुन्थ्यो । क्या, रमाइला हुन्थे ती दिनहरु ।
दशैंमा घरमा टिका लगाएपछि हतारो पथ्र्यो मावल जानको । मावलीमा टीकाका साथमा दक्षिणाका रुपमा सिक्काहरु पाइन्थे, नोट महङ्गो थियो अचेलको डलर जस्तो । तिन सिक्काहरुले नै बढी तान्थे होला मावलतिर । निकै यस्ता घरमा टीका लगाएपछि गोजी सिक्काको भारीले लच्किन्थ्यो । बेला बेला गोजीबाट निकाल्दै गन्ने पनि गरिन्थ्यो । दौतरीसँग कसका पैसा धेर भनेर दाँज्ने चलन नभएको होइन । धेरै हुनेले आपूmलाई विशेष ठान्थ्यो होला ।
स्कूलहरुले बिद्यार्थीहरुलाई विशेष रुपले सधाउँथे पूmलपातिमा परेड खेलाउन र खेलकुद प्रदर्शनका लागि । पिटि अर्थात् फिजिकल ट्रेनिङ भनेर शारीरिक कौशलहरु प्रदर्शन गरिन्थ्यो । पूmलपातिका नानाथरीका खेलकुदमा पिटिको छुट्टै आकर्षण हुन्थ्यो । विजेता स्कूललाई पुरस्कारका रुपमा रनिङ शील्ड दिइन्थ्यो । सदरमुकामतिर सरकारी आयोजनामै सम्पन्न हुन्थे पूmलपातिका कार्यक्रमहरु ।
धेरै धेरै रमाइला सम्झनाहरु छन् दशैंसँग जोडिएका । उस बेला गरिबी निकै व्यापक थियो । त्यसैले दशैंलाई दशा समेत भनेको सुनिन्थ्यो । उखान थियो– आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई । खासगरी जनजाति समुदायमा मासु र जाँड रक्सीको अत्यधिक चलनले साँच्चै ऋण बोकाउँथ्यो । गरिब दुःखीले पनि ऋण गरेरै सही दशैं त मनाउनै पर्ने ।
यसपालि पनि दशैं आयो तर मुलुकको अवस्था रमाइलो गर्ने खालको छैन । खासगरी महिलामाथिको बढ्दो हिंसाले समाज आक्रान्त छ । बालिका बलात्कार र हत्याका घटनाका बिरुद्ध मुलुकभर बिरोध र प्रदर्शन जारी छ । केही घटनाहरुमा प्रहरी प्रशासन नै आलोचनामा परेको छ । अपराधीलाई जोगाउने प्रयास राजनीतिक एवम् प्रशासनिक निकायबाटै भइरहेका आरोपहरु छन् ।
सामान्य वहुमतको मात्रै होइन दुईतिहाइको सरकार छ । त्यसमा पनि कम्युनिस्ट पार्टीको । कम्युनिस्ट पार्टीलाई परम्परागतरुपमा क्रान्तिकारी तथा आमूल परिवर्तनकारी मानिन्छ तर हाम्रा सन्दर्भमा त्यो ‘ढाँटको ओखति खाई पत्याउनु’ सावित भएको छ । तथापि समय बाँकी छ, आश मारिहाल्ने बेला भएको छैन । मानिसको जीवनको मुख्य भरोसा आशामा जोडिएको हुने रहेछ ।
जे जस्तै भए पनि, दशैं हाम्रो ठूलो चाड हो । सामाजिक सद्भाव बाँड्ने अवसर हो । अभाव, पीडा र व्यथा आप्mना ठाउँमा छन् । कुनै न कुनै तहका यस्ता कुरा सधैं जसै रहन्छन् । त्यसैले तिनलाई बिर्सेर पनि पर्वमा रमाउने हाम्रो चलनलाई निरन्तरता दिनु नै छ । दशैं एक प्रकारले आध्यात्मिक पर्व पनि हो । त्यसैले यसपालिको दशैंले सबैमा सुख र शान्ति ल्याओस्, सबै नेपालीजनमा हार्दिक शुभकामना !