रोजगारीको आकर्षक गन्तव्य बन्दै कोरिया

  सरलपाटी सम्वाददाता

 1983 पटक हेरिएको

इलाम । छोटो समय र कम लागतमै राम्रो रोजगारी पाइने भएपछि इलाममा कोरिया भाषा पढ्नेको संख्या बर्षेनी बढ्दो छ । देशमा रोजगारी नपाइएका बेला लोभ लाग्दो रोजगारी पाइने आशले धेरै युवा तथा युवतीले यति बेला कोरिया भाषा पढिरहेका छन् ।
जिल्लामा यति बेला कोरिया भाषा पढ्नेको फेसनै जस्तो बनेको छ । त्यसैले जिल्लामा कोरियन भाषा पढाइ हुने ठाउँमा अत्यन्तै धेरै विद्यार्थी हुने गरेका छन् । गत वर्ष मात्र पाँच सय भन्दा बढी विद्यार्थी कोरियन भाषामा पास गराएको केएमटी कलेजमा त यति बेला विद्यार्थीको भीडाम्भीड छ ।
केएमटी एलेज इलामका डाइरेक्टर कृष्ण राईका अनुसार कोरियन भाषा पढ्ने विद्यार्थीको संख्या ४ सय नाघिसकेको छ । ‘अझै यही क्रममा विद्यार्थी पढ्ने हो भने ६ सय भन्दा बढी विद्यार्थी हुन्छन् । यो सबै संख्या इन्स्च्यिुटले थाम्न सक्दैन ।’राईले भने ।
उनका अनुसार कम लागतमै कोरिया जान सकिने भएकाले पनि विद्यार्थीको संख्या धेरै भएको हो । राईले भने, ‘भाषा पढ्नै पनि १५ हजार मात्र लाग्छ । लगातार कक्षा हुने र आवश्यकता अनुसार आन्तरिक परीक्षा समेत चलाइने गरेकाले विद्यार्थी बढी पास गर्ने गरेका छन् ।‘भाषा सिकेर नेपाल सहित अन्य १७ देशबाट मजदुरका रुपमा कोरिया जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार