अर्गेली खेतीले लखपति बन्दै किसान

  सरलपाटी सम्वाददाता

 2986 पटक हेरिएको

इलाम । नेपाली कागजदेखि जापानी यान(रुपैयाँ)सम्म बनाउन नेपाली बनस्पति अर्गेलीको प्रयोग हुन थालेपनि यसको व्यावसायिक उत्पादनमा किसान लागेका छन् । कम लागतमा राम्रो आम्दानी दिने बुझेपछि किसान अर्गेलीको खेतीतर्फ आकर्षित भएका हुन् । समुद्री सतहदेखि १ हजार ७ सय मिटरदेखि दुई हजार ५ सय मिटरसम्म अर्गेलीको खेती हुने गरेको छ ।
बहुबर्षीय बिरुवा भएपनि रोप्न र उत्पादन निकाल्न धेरै श्रम नलाग्ने भएकाले यसको खेती बढी आम्दानीमुलक भएको इलाम सन्दकपुर गाउँपालिकास्थित माइपोखरीका किसान चक्र राई बताए । ‘कम समयमा नै राम्रो उत्पादन लिन सकिने भएको र बेच्न खासै झन्झट नहुनाले खेती गर्न सहज छ,’ राईले भने, ‘दाम राम्रो नभएपनि धेरै बेच्दा आम्दानी राम्रै हुन्छ ।’ राईले मात्रै एक सय रोपनीभन्दा बढी जग्गामा अर्गेली खेती गरेका छन् ।
यस बर्ष मात्र १० करोड रुपैयाँभन्दा बढीको अर्गेलीको कारोबार हुने राईको आकँलन छ । ‘धेरै राम्रो आम्दानी हुन्छ भन्नेमा छु । यो किन्न आउने व्यापारी पनि हारालुस भएकाले दाम पनि राम्रै पाइन्छ भन्ने छ ।’ उनका अनुसार अहिले ६० देखि ६५ रुपैयाँसम्ममा अर्गेलीको कारोबार हुने गरेको छ । राईको मात्रै यसपटक २ सय देखि ३ सय मन(४० किलोको एक मन) उत्पादन हुने अनुमान छ ।
यस बर्ष जिल्लाबाट राम्रो परिमाणमा अर्गेली बिक्री हुने अर्गेलीका व्यावसायी राजकुमार राई बताए । ‘राम्रो परिमाणमा अर्गेली उत्पादन हुन्छ ।’ राईले जिल्लामा उत्पादन भएको अर्गेली झापास्थित बिर्तामोडमा रहेको अर्गेली प्रशोधन केन्द्रसम्म पु¥याउनुहुन्छ । ‘हामीले कागज र कपडा बनाउनका लागि बिर्तामोडमै मात्र पु¥याउछौँ । यदि यान बनाउनका लागि भने काठमाडौं सम्म पु¥याउने गरेका छौं’ राईले भने । जिल्ला वन कार्यालयका अनुसार गत बर्ष मात्र इलाममा १५ हजार ४०० किलो अर्गेली उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार