
इलाम । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले देउमाई नगरपालिका–१ स्थित चौरी बजारमा प्रहरीको मोटर साईकल तोडफोड गरेका छन् ।
चमैतास्थित चौरी बजारमा ५–६ जना कार्यकर्ताको समुहले भित्ते लेखन गर्दै गरेको खवर पाएर रक्से प्रहरी चौकीबाट साधा पोशाकमा गएका प्रहरी देखेपछि उनीहरुले प्रहरीको बा २ ब ५६१५ नम्बरको मोटर साईकललाई ढुङ्गा हानेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले मोटरसाइकल तोडफोड गर्नेको खोजी भइरहेको जनाएको छ ।


408 पटक हेरिएको 






