जुवा खालमा प्रहरीको छापा, हाम फालेर भाग्ने क्रममा दुईको मृत्यु


काठमाडौं ।
काठमाडौंको मुलपानीमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मार्दा भाग्ने क्रममा दुईजनाको मृत्यु भएको छ । सात तले घरको तीन तलाबाट हामफालेर भाग्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि बसन्त लामाले बताए । घटनास्थलबाट आठवटा मोटरसाइकल र एउटा गाडी बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार