स्काउटरको क्षेत्रीय भेला सम्पन्न

  सरलपाटी सम्वाददाता

 728 पटक हेरिएको


नेपाल स्काउट इलाम क्षेत्र नं. ३ को भेला बुधबार बरबोटे स्रोत केन्द्रमा सम्पन्न भएको छ ।
इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकालाई जिल्ला स्काउटले क्षेत्र नं. ३ मान्दै आएको छ ।
स्काउटका क्षेत्रीय संयोजक अर्जुन शर्माको अध्यक्षतामा सम्पन्न भेलामा १८ जना स्काउटर शिक्षकहरुको उपस्थिति रहेको थियो । स्काउटका जिल्ला आयुक्त कृष्ण घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा यसअधि सञ्चालन भएको तालिमको प्रमाण पत्रसमेत सहभागी स्काउटरहरुलाई वितरण गरिएको थियो ।
भेलाले सबै विद्यालयहरुमा स्काउटलाई निरन्तर सञ्चालन गर्ने, दिक्षान्त गर्न बाँकी विद्यालयहरुमा चाँडै गर्ने, मंसीर २१ र २२ गते क्षेत्रीय क्याम्प नेपालटार माविमा सञ्चालन गर्ने निर्णय गरेको छ । क्याम्प सञ्चालनका लागि नेपालटार माविका प्रअ गोपाल कट्टेल संयोजकत्वमा सात सदस्यीय क्षेत्रीय क्याम्प सञ्चालन समिति समेत गठन गरिएको छ ।
अमर माविका स्काउटर शिक्षक प्रेम सुब्बाले सञ्चालन गरेको कार्यक्रममा सबै स्काउटरले आआफ्नो प्रगति प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार