नेपाल शिक्षक संघले शिक्षक महासंघको चुनाव हुन नदिएको भन्दै दुई संगठनले निकाले विज्ञप्ती

  सरलपाटी सम्वाददाता

 2272 पटक हेरिएको


इलाम । नेपाल शिक्षाक संघले नेपाल शिक्षक महासंघको चुनाव हुन निदएकाे भन्दै अन्य संगठनले प्रेस वकत्व निकालेका छन् । 
नेपाल राष्ट्रिय शिक्षक सङगठन र एकीकृत अखिल नेपाल शिक्षक सङगठनले आउँदो असोज २० गतेका लागि तोकिएको नेपाल शिक्षक महासंघको चुनावलाई कानुन विपरीत नेपाल शिक्षक संघले हुन नदिएको भन्दै अाज पत्रकार सम्मेलन गर्दै अापति जनाएका हुन् । उनीहरूले नेपाल राष्ट्रिय शिक्षक सङगठन र एकीकृत अखिल नेपाल शिक्षक सङगठनले विज्ञप्तीमा शिक्षक संघले लोकतन्त्रको धज्जी उडाउँदै अधिवेशन भाँड्ने काम गरेको जनाएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङगठनका जिल्ला पूर्व अध्यक्ष गाेपाल नेपालका अनुसार सङघले विधान विपरीत अवकाश प्राप्त शिक्षक, कर्मचारी र राजीनामा दिएका शिक्षकलाई समेत मताधिकार बनाउन कार्यविधि निर्माण गर्नुपर्ने अडान राखेपछि चुनाव हुन नसकेको हो ।
‘विधानको परिच्छेद ३ को दफा ७ को उपदफा २ (ख)को व्यवस्था विपरीत नेपाल शिक्षक सङघले अवकास प्राप्त शिक्षक, अन्तरजिल्ला सरुवा भएका कर्मचारी तथा शिक्षकलाई पनि मतदाता बनाउनु पर्ने माग गरेपछि चुनाव नभएको हो ।’ खनालले भने,‘त्यसपछि हामीले पनि महासंघमा रहेका हाम्रा सङगठनका पदाधिकारीहरु फिर्ता बोलायौ ।’
एकीकृत अखिल नेपाल शिक्षक सङगठन इलामका अध्यक्ष राजेन्द्र चौहानका अनुसार यस अघि पनि पटक–पटक चुनाव गर्न खोज्दा विभिन्न कारणले अवरोध सिर्जना भएको र यस पटक पनि संघले ‘लोकतान्त्रिक मूल्य मान्यतामाथि धज्जी उडाएको’ आरोप लगाए ।
त अखिल नेपाल शिक्षक सङगठनले बिहीबार पत्रकार सम्मेलन गर्दै शिक्षक संघले ‘लोकतन्त्रको धज्जी उडाउँदै अधिवेशन भाँड्ने’ काम गरेको जनाएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङगठनका जिल्ला अध्यक्ष प्रकाश खनालका अनुसार सङघले विधान विपरीत अवकाश प्राप्त शिक्षक, कर्मचारी र राजीनामा दिएका शिक्षकलाई समेत मताधिकार बनाउन कार्यविधि निर्माण गर्नुपर्ने अडान राखेपछि चुनाव हुन नसकेको हो ।
‘विधानको परिच्छेद ३ को दफा ७ को उपदफा २ (ख)को व्यवस्था विपरीत नेपाल शिक्षक सङघले अवकास प्राप्त शिक्षक, अन्तरजिल्ला सरुवा भएका कर्मचारी तथा शिक्षकलाई पनि मतदाता बनाउनु पर्ने माग गरेपछि चुनाव नभएको हो ।’ खनालले भने,‘त्यसपछि हामीले पनि महासंघमा रहेका हाम्रा सङगठनका पदाधिकारीहरु फिर्ता बोलायौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार