बालिकालाई यौन दुव्र्यवहारको अभियोगमा इलाम अस्पतालमा कार्यरत नेत्र सहायक पक्राउ

  सरलपाटी सम्वाददाता

 950 पटक हेरिएको


इलाम । एक बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अस्पताल इलाममा रहेको आँखा उपचार केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
नवलपरासीको गैडाकोट घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक दिपक सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम नगरपालिकाकी १७ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए । उनलाई जिल्ला अदालतमा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार