न्याय पाउन नसकेको गुनासो पीडितकाे गुनासाे

  सरलपाटी सम्वाददाता

 389 पटक हेरिएको

इलाम । आफूमाथि भएका हिंसाका घटना विरूद्ध पीडकलाई कारवाहीको माग गरेपनि अदालतबाट न्याय नपाएको हिंसा पीडितले बताएका छन् । असोज १४ गते हिंसा पीडितको सामाजिक, शारीरिक तथा उनीहरूको सुरक्षा अवस्था बुझन आयोजित एक कार्यक्रमका सहभागी पीडितहरूले हिंसा, बलात्कार, बहुविवाह, तथा यौनजन्य अपराधमा संलग्न भएका व्यक्तिहरूलाई न्यायालयले कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने पीडितले बताए ।
इलाम नगरपालिका–३ की ३५ वर्षीया रेनुका चौहानले निजका पति चन्द्रप्रसाद चौहान विरुद्ध बहुविवाह ०७२ सालमा उजुरी दिएको भएपनि अदालतले ०७३ चैत ८ गते चन्द्रप्रसादलाई सफाइ दिएको भएपनि पाँच दिन अघिमात्र कान्छी पत्नीबाट बच्चा जन्मिएको बताइन् । ‘त्यसबेला अदालतले पाहुना आएकी भनेर उनीहरू दुवैलाई सफाइ दियो, अहिले पति चन्द्रप्रसाद र ती महिलाको सम्बन्धबाट पाँच दिन अघिमात्र बच्चा जन्मिएको छ, मैले त्यो बेलामा कारवाहीको माग गरेर दिएको उजुरी, अहिले पनि म पीडित छु, कसरी मैले न्याय पाएं’ चौहानले भनिन् ।
बजार जाँदै गरेकी अर्की ३० वर्षीया एक महिलाले पनि आफ्नो शरीरमा हात लगाएर यौनदुव्र्यवहार गर्न खोज्ने व्यक्तिलाई अदालतले सफाई दिएको भन्दै गुनासो पोखिन् । कार्यक्रममा सहभागी सबै जसो पीडितले कसुर अनुसारको सजाय दोषीले पाउनु पर्नेमा जोड दिएका थिए । पीडितहरूका गुनासा र जिज्ञासा तथा अबको समाधानका विषयमा जिल्ला न्यायधिवक्ता ऋद्धिनाथ निरौला, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र एसपी माधवप्रसाद श्रेष्ठले पीडितहरूलाई स्पष्ट पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुशेली, महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकाल लगायत अन्य सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पीडितहरूले आफ्नो मुद्धा के हुँदैछ र पीडकलाई अदालतले कस्तो सजाय दिंदैछ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार