सातै दिन बजार खुल्ने

  सरलपाटी सम्वाददाता

 656 पटक हेरिएको

इलाम । इलामका बजार सातै दिन खुल्ने भएका छन् । चाडपर्व नजिकिए सँगै बजारमा कारोबार बढेपछि सातै बार इलामका बजार खुल्ने निर्णय भएको हो । इलाम उद्योग बाणिज्य संघले सूचना जारी गर्दै जिल्लाभरका व्यावसायीलाई सातै बार बजार खोल्न आह्रवान गरेको हो । उद्योग बाणिज्य संघ अध्यक्ष आनन्द कट्टेलका अनुसार ६ दिन मात्र बजार खोल्दा सेवाग्राहीलाई चाडपर्वको सामग्री किन्न पर्याप्त नपाउने भएकाले सातै दिन बजार खोल्न अनुरोध गरिएको हो ।
‘किनमेलका लागि गाउँबाट समेत चाडपर्वका आउनुहुन्छ, त्यसबेला बजार बन्द हुँदा सेवाग्राहीलाई समस्या पर्छ’ कट्टेलले भने, ‘अरु बेला हाम्रो बजार शनिबार बन्द हुन्छ तर ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै शनिबार समेत खोल्ने निर्णय गरेका हौं’ उनका अनुसार शनिबार (अाज) बाट छठसम्मका लागि सातै दिन बजार खोल्ने निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार