इलाममा गाडी खुल्यो

इलाम । चार दिनदेखि जारी यातायात बन्द खुलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इलाममा भएको वार्तामा बन्द खुलाउने सहमति भएको हो । कानुन ब्यवसायि सहित बसेको ब्यवसायी र मजदुरहरुको बर्तामा बन्द खुलाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐनमा गरिएको संशोधनको विरोध गर्दै यातायात मजदुर देशभर आन्दोलनमा उत्रिएका छन् । अन्य जिल्लामा भने बन्द जारी छ । बन्द खुलाउन बारा जिल्लामा समेत बार्ता भइरहेको जनाइएको । चार दिनदेखि बन्द जारी रहदा जनजीवन प्रभावित भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार