संविधानको संस्थागत विकास गर्नु नागरिकको कर्तव्य

याम माबोहाङ लिम्बू
इलाम । संविधानको संस्थागत विकास गर्नु सबै नागरिकको कर्तव्य भएको मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको अन्तक्रियाका कार्यक्रमका बक्ताले बताएका छन् । संविधान दिवसको अवसरमा मञ्चले तेह्रथुम जिल्लाको सबै स्थानीय तहको न्यायिक समितिसँग गरेको अन्तरक्रियामा संविधानको संस्थागत विकास गरेर संघीयतालाई नागरिकको पहुँचमा पु¥याउनु पर्नेमा जोड दिए ।

म्याङलुङ नगरपालिकाकी उपमेयर पार्वती सानु डाँगीले नागरिकको रगत र पसिनाले प्राप्त गरेको लोकतान्त्रिक संघीय प्रणालीलाई कार्यान्वयनमा ल्याउन संविधानलाई संस्थागत बनाउनु पर्ने बताइन् । उनले प्राप्त गरेका अधिकारलाई संरक्षण गर्दै, प्रत्येक नागरिकले संविधानको मर्म र भावनालाई संरक्षण गर्न सुझाइन् ।

उपमेयर डाँगीले संविधानको कार्यान्वयन र प्राप्त अधिकारलाई नागरिकसम्म पु¥याउँने प्रमुख जिम्मेवार जनप्रतिनीधिको भएकोले तीन वटै सरकारले यसलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।

लालीगुराँस नगरपालिकाकी तिला पोखरेलले प्राप्त अधिकारलाई सबै नागरिकको पहुँच पु¥याउँन सके मात्र संविधानको संस्थागत विकास हुनेमा जोड दिइन् । उनले संविधान लेख्न पसिना बगाउँने सहिदको सपनालाई पुरा गर्नु संविधानको कार्यान्वय भएको बताउँदै, राज्यका सबै अङ्गले इमान्दारी पूर्वक कर्तव्य निर्वाह गर्नुपर्ने बताइन् ।

आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङवाले सबै सरकारको संस्थागत विकास भएमात्र संविधानको संस्थागत विकास हुने बताइन् । उनले सांस्कृतिक विविधता भएको मुलूक भएकोले प्राप्त अधिकारलाई संस्थागत गर्दै, संशोधन गर्नुपर्ने विषयलाई आवशयक संशोधन गरेर भएपनि सबै नागरिकको अपनत्व हुने संविधान बनाउँनु पर्नेमा जोड दिइन् ।

‘संविधान दिवसले अहिलेको अवस्थामा तीन वटा सरकार बीच भएको अन्योलता हटाएर, संविधान कार्यान्वयनका लागि काम गर्न मार्ग प्रशस्त गर्नुपर्छ, उपाध्यक्ष कन्दङवाले भनिन संविधान कार्यान्वयनको सबै भन्दा बढि चुनौती स्थानीय सरकारलाई छ । जिम्मेवारीका साथ काम गर्नु पर्ने दिन आएको छ ।’

उनले संविधानको बारेमा अझै नागरिकलाई जानकारी नभएको बताउँदै, सबै नागरिकमा संविधानका बारेमा प्रत्येक नागरिकमा सचेतना कार्यक्रम पु¥याउन सके मात्र कार्यान्वयमा सहज हुने विस्वास व्यक्त गरिन् ।

छथर गाउँपालिकाकी उपाध्यक्ष तारा खरेल ढकालले संविधानको संस्थागत कार्यान्वयन गर्नु सबै नागरिकको कर्तव्य भएको बताइन् । उनले सहिदको सपना पुरा गर्न संविधानको कार्यान्वयमा सबै नागरिक लाग्न आग्रह गर्दै भनिन् ‘संविधान र प्राप्त अधिकारलाई कार्यान्वय गर्न सके मात्र सहिदको सपना पुरा हुन्छ ।’

मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेबी तिम्सिनाले संविधानले दिएका सबै अधिकारमा नागरिकको पहुँच पु¥याउँन सके मात्र संविधानको साँचो कार्यान्वयन हुने बताइन् । उनले सबै नागरिकको अपनत्व अनुभूत हुने काम जनप्रतिनीधिले गर्र्न सके मात्र संविधानको संस्थागत विकास हुनेमा जोड दिइन् ।

फेदाप गाउँपालिकाकी गीता थापाले प्राप्त अधिकारलाई कार्यान्वयन गर्न संविधान दिवसले सहयोग गर्ने बताइन् । उनले समुदायमा पछि परेका महिला दलित लागयतको अधिकारलाई संस्थागत गर्न सबै नागरिक लाग्नु पर्नेमा जोड दिइन् ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा संविधानका विषयमा आइरहेका असन्तुष्टिका आवाजलाई हुन सक्ने सम्बोधन गरेर लान सके देश र सहिदको सपना पुरा हुनेमा जोड दिए ।

मेलमिलाप र कानुन सम्बन्धि आवासीय तालिममा सहभागी हुन तेह्रथुमका छ वटै स्थानीय तहको न्यायिक समिति इलाममा रहेको समयमा मञ्चले अन्तक्रिया कार्यक्रम गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार