भानुदयले गर्यो तीन शिक्षकलाई सम्मान

इलाम । इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेको भानुदय अाधारभूत  विद्यालयले साेमबार एक कार्यक्रमका बीच तीन शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले लामो समय विद्यालयमा सेवा गर्ने दीपककुमार बस्नेत, नेत्रबहादुर गुरुङ, होमनाथ भट्टराईलाई दोसल्ला ओडाएर गरेको हो । सम्मानित हुने शिक्षकमध्ये नेत्रबहादुर गुरुङ र दीपककुमार बस्नेतले अनिवार्य अवकाश लिएका हुन् भने होमबहादुर भट्टराईले स्वेच्छिक अवकाश लिएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिकबहादुर गुरुङको अधयक्षता र वडासदस्य यज्ञबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारी, शिक्षक र विद्यार्थीलगायतको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापकमा नियुत्ति भएका शिक्षक टीका खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार