युवतीलाई भारत लैजादै गर्ने दुई भारतीय पक्राउ

  सरलपाटी सम्वाददाता

 555 पटक हेरिएको

इलाम । पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षे एक युवतिलाई भारत लैजाँदै गरेको अवस्थामा इलामको पशुपतिनगर नाकाबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्लाको सुकिया बस्ने ४२ वर्षका दलबिर मुखिया र दार्जिलिङकै राङबाङ बस्ने २२ वर्षका आयुष विक रहेका प्रहरीले जानकारी दिएको छ । पाँचथरबाट १९ वर्षे युवतीलाई विहे गर्ने प्रलोभनमा पारेर भारत लैजादै गरेको अवस्थामा इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा मानव वेचविखन सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार