प्याब्सनको इलाम नगर अध्यक्षमा थेब

  सरलपाटी सम्वाददाता

 2236 पटक हेरिएको

इलाम । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को पहिलो इलाम नगर अधिवेशनले ज्योतिसदन बोर्डिङ स्कुलका कुशबहादुर थेबेको अध्यक्षतामा नगर कार्य समिति चयन गरेको छ । ९ सदस्यीय समितिको उपाध्यक्षमा ज्योति विद्या मन्दिरका सिनेट श्रेष्ठ, सचिवमा इलाम विद्या मन्दिरका सूर्य खवास र कोषाध्यक्षमा होलियोसियस स्कुलका भूपाल थापा चयन भएका छन् ।
सदस्यहरूमा युवराज रिजाल, सुनिता कर्माचार्य, ठाकुरमान राई, पुन्यप्रसाद गजुरेल र निरज भट्टराई चयन भएको प्याब्सन जिल्ला अध्यक्ष विकास कर्माचार्यले जानकारी दिए ।
नुनुमा राईको अध्यक्षता तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांशले शैक्षिक गुणस्तर सुधार्नका लागि सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिए ।
सामुदायिक र निजी बिद्यालयलाई फरक फरक ढंगबाट हर्ने प्रबृत्ति बन्दगरिनुपर्नेमा सहभागीको जोड छ । उनीहरुले राज्यले निजी बिद्यालयलाई उपेक्षा गर्ने गरेका बताए । कार्यक्रममा नगरप्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधार्न सक्रिय भएर लागेको जनाउँदै संस्थागत र सामुदायिक बिद्यालयप्रति कुनै भेदभाव नरहेको पनि प्रष्ट पारे । कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष बिकास कर्मचार्यले इलामका निजी बिद्यालयले बढाएको शुल्क अत्यन्त न्यून रहेपनि त्यसमा नकरात्मक टिका टिप्पणी हुन दुखलाग्दो भएको बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख होमनाथ भण्डारी, नेपाल शिक्षक संघ नगर समिति अध्यक्ष खगेन्द्र पिठाकोटे, नेपाल शिक्षक संगठन नगर अध्यक्ष लोकबहादुर थाम्सुहाङ्ग, प्याब्सन प्रदेश नम्बर १ का सह कोषाध्यक्ष प्रकाश भक्तराज, प्याब्सनका एक नम्बर प्रदेश समितिका सल्लाहकार युवराज बाशिष्ठ सहित कुशबहादुर थेबे लगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार