इलाम । बालबालिकाको सवालमा घरकै अविभावक जिम्मेवार हुनुपर्ने बाल दिवसको अवसरमा इलाममा भएको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको ‘बालबालिकाको वर्तमान समस्या र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय अन्तरक्रिया तथा उत्कृष्ठ बाल क्लब पुरस्कार वितरण कार्यक्रममा बोल्दै बालबालिकाको सवालमा अविभावकलाई भम्भीर हुन आग्रह समेत गरे ।
बालबालिकाको संरक्षण र विकासका लागि बनेका नीतिगत व्यवस्थालाई कार्यान्वयन ल्याउनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले जोड दिए । उनले अविभावक र विद्यालयले बालबालिकाको सवालमा गम्भीर भएर काम गर्नु पर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टीका नवराज शंकरले बालबालिकाको यौन जन्य हिंसा, लागु औषध, बाल विवाह र बाल श्रम जस्ता सवालको विषयमा गम्भीर रूपमा अध्ययन गरेर न्यूनिकरणको काम सरकारले गर्नुपर्ने जोड दिए । उनले संरक्षणमा मात्रै होइन, बाल विकास र सहभागितामा ध्यान दिनसके बालबालिकामा हुँने समस्या न्यूनिकरण गर्न सकिने सुझाए ।
अविभावकले ध्यान नदिँदा समुदायमा विभिन्न अपराधिक कृयाकलापमा बालबालिका सहभागी बढ्दै, गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव श्रेष्ठले बताए । उनले अपराधिक कृयाकलामा सहभागी बालबालिकाको पुर्नस्थापना केन्द्र नहुँदा यस्तो घटनाको न्यूनिकरणमा समेत समस्या भएको बताए ।
प्रहरी उपरिक्षक श्रेष्ठले अपराधिक क्रियाकलापमा संलग्न बालबालिकालाई उद्दारपछि सुधार गृहमा राख्न जिल्लामा सेफ हाउस स्थापनाका लागि सरोकारवालालाई ध्यान दिन आग्रह समेत गरे । उनले यसो गर्न सके बालबालिकामा समाज सुहाउँदो बानीको विकास गर्न सहयोग मिल्ने बताए ।
अपाङ्गता भएको बालबालिकाको समस्या झनै विकराल रहेको करूणा फाउण्डेसन इलामका अजित तामाङले बताए । उनले अपाङ्गता भएका बालबालिकाको विकास चेतना शिक्षा भन्दा जीवनलाई सहज बनाउँनै पहिलो प्रथामिकता हुने गरेको जनाए ।
गैर सरकारी संस्थाका अध्यक्ष कमल नेपालले बालबालिकामा सम्भावना र प्रतिभा भएपनि यसको संरक्षण र विकास गर्न नसकेको बताए । उनले सृजनशिलतालाई ध्यानमा राखेर योजनाबद्ध काम गर्न सके बाल संरक्षणमा सहयोग मिल्नेमा जोड दिए ।
राष्ट्रिय बाल अधिकार संरक्षण मञ्चका अध्यक्ष सन्देश पोर्तेलले समस्यामा परेका बालबालिकाको उद्धारपछि पुनस्थापन गर्न समस्या भएकोले यसको बारेमा स्थानीय सरकारले सहयोग गर्न माग गरे ।
बाल अधिकार तथा शान्ति शिक्षा परियोजनाका संयोजक रूद्र थेबेले प्रस्तुत गरेको बालबालिकाको वर्तमान समस्या र सरोकारवालको भूमिका विषयक छलफल पत्रको बारेमा बोल्दै अधिकांशले बालबालिकाको सवालमा अविभावक र विद्यालयले ध्यान दिनु पर्नेमा जोड दिए ।
मानव अधिकार मञ्चका उपाध्यक्ष बीरबहादुर खड्काको अध्यक्षता भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल, प्रकाश परियारले बालबालिकाको बारेमा बोलको थिए ।
कार्यक्रममा सन्दकपुर गाउँपालिका वडा नम्बर २ माबुमा रहेको प्रबोध माविको उत्कृष्ठ सन्दकपुर बाल क्लबलाई नगद दश हजार सहित पुरस्कृत गरिएको परियोजना जिल्ला संयोजक इश्वर लुङ्गेली मगरले जनाए ।


623 पटक हेरिएको 






