खोला तर्दा लोदियाले एक जना बृद्धलाई बगायो

  सरलपाटी सम्वाददाता

 369 पटक हेरिएको


इलाम । इलामको माई नगरपालिकामा रहेको लोदिया खोलाले एक बृद्धलाई बगाएको छ । खोला तर्ने क्रममा माईनगरपालिका वडा नम्बर ९ का ८४ बर्षीय सूर्यबहादुर राईलाई लोदिया खोलाले बगाएको हो । उनको शब बुधबार उनलार्य बगाएको ठाउँभन्दा करिब तीन किलोमिटर तल बगरमा स्थानीयले भेटेको स्थानीय रविचन्द्र राईले बताए । ।
सूर्यबहादुर मंगलबार बिहान खाना खाएर पारिपटि चिसापानीमा रहेको सोमबारे बजारतिर हिँडेको परिवारले बताएका छन् । बेलुकासम्म पनि सोमबारेबाट नफर्केकाले परिवारले बजारमा भएका आफन्तलाई फोन गरेर बुभ्mदा पनि दिउँसो दुई बजे नै फर्किएको जानकारी पाएपछि परिवार, आफन्त र छिमेकीले खोजतलास थालेका थिए ।
केही दिनअघि देखि पानी परिरहेको कारण लोदियाको सतह बढेको थियो । लोदियामा पुल पनि छैन । पुल नभएकै कारण बृद्ध सूर्यबहादुर खोलाबाट तर्न खोज्दा बाढीले बगाएको हुनसक्ने स्थानीयले बताएका छन् । मंगलबार बेलुका नै उनको झोला र छाता स्थानीयले खोलामा फेला पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार