गुराँसका उत्कृष्ट अभिकर्ता पुरस्कृत

जेठ महिनाको उत्कृष्ट निलमलाई चार ग्रामकाे सुनकाे औठी

  सरलपाटी सम्वाददाता

 1953 पटक हेरिएको

इलाम । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी को क्षेत्रीय कार्यालयले विर्तामोडले तिजको अवसर पारेर उत्कृष्ट दश कर्मचारी (अभिकर्ता) लाई सम्मानित गरेको छ । सोही अवसर पारेर मासिक योजना अन्तर्गतको लक्की ड्र कार्यक्रम र मासिक व्यवसायको आधारमा जेठ महिनाको उत्कृष्ट अभिकर्तालाई सम्मान तथा पुरस्कृत गरिएको क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले जानकारी दिए ।
देशभरमा पहिलो उपशाखा बनेको इलाम उपशाखाका दुई अभिकर्ता क्षेत्रमा पनि उत्कृष्ट घोषित भएका छन् । अभिकर्ता संयोजक रिता राई (सातौं) र धनबहादुर जवेगू (दशौंै) पुरस्कृत भएको उपशाखा प्रमुख अर्जुन पोख्रेलले बताए । कार्यक्रममा इलाम उपशाखाकै धनकुमार नेम्वाङ र युवराज राई, इन्दिरा शिवाकोटी, रमला लिम्बु, र गजेन्द्र थलङलाई सम्मान गरिएको छ । जेठ महिनामा उत्कृष्ट हुने इलामकै निलम राईलाई चार ग्राम सुनको औठी प्रदान गरिएको छ । इलाममा मेहेनती अभिकर्ता भएकाले इलाम उपशाखाबाट यत्तिधेरै अभिकर्ताहरु उत्कृष्ट घोषित भएको मार्केटिङ कर्मचारी पवित्रादेवी भुजेलले बताइन् । अभिकर्ताहरुलाई गरिएको सम्मान र पुरस्कारले काममा थप प्रोत्साहन गरेको उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार