नेपाल कृषि प्रधान देश भएता पनि कृषि उपजहरुका साथै कृषि उपज वाहेकका बस्तुहरु समेत लघु, साना तथा मझांैला उद्यम,व्यावसायहरुका क्षेत्रमा बढी मात्रामा सञ्चालनमा रहेका छन् । साना तथा मझांैला उद्योगहरु सीमित मात्रमा सञ्चालनमा रहेको पाइन्छ ।
सरकारी अर्ध स्वामित्वमा सञ्चालित व्यावसायिक संस्थानहरु पनि केही मात्रमा सञ्चालनमा रहेको पाइन्छ भने केही चाँहि भाडा वा ठेक्कामा सञ्चालनको निमित्त सरकारी तहबाट नै दिइएको पाइन्छ ।
व्यावसायको प्रमुख सहयोगी संस्था नेपाल वाणिज्य संघ हो । उद्योग वाणिज्यको प्रवद्र्धन तथा विकासद्वारा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने उद्देश्यले वि.सं.२००९ सालमा स्थापना भएको संगठन नै नेपाल वाणिज्य संघ हो । यसको गठन प्रक्रिया उद्यम व्यावसाय सञ्चालन गरेको एकलौटी व्यावसाय, कम्पनी, कर्पाेरेशन तथा संगठनिक संस्थाहरु यस संस्थाको सदस्यता लिन योग्य मानिन्छन् ।
नेपाल वाणिज्य संघले यसैगरी चार प्रकारका सदस्यता व्यवहारमा ल्याएको पाइन्छ । आजीवन सदस्य, साधारण सदस्य,सम्बन्धन सदस्य,मानार्थ सदस्य । सयस संघठनले वाणिज्य,औद्योगिक तथा वित्तीय नीति निर्धारण गर्दै उद्योगधन्दाको विकास र विस्तारलाई महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सार्वजनिक तथा निजी संगठनहरुको संवद्र्धन तथा प्रवद्र्धनद्वारा देशको आर्थिक विकासमा अग्रणी भूमिका निर्वाह गर्नु यस संगठनको मुख्य उद्देश्य हो ।
मुलत नेपाल वाणिज्य संघको उद्देश्यहरु,व्यापारिक समुदाय तथा उद्योगीहरुसँग असल सम्वन्ध स्थापना गर्दै वाणिज्य प्रवद्र्धन तथा उपयोगिता सिर्जना गर्ने नै हो ।संसारका विभिन्न औद्योगिक तथा वाणिज्य संगठनहरुसँग असल समन्वय कायम गर्दै राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु । व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको आयोजना गर्दै नेपाली उद्यमीहरुलाई त्यस्ता कार्यमा सहभागी हुन मद्दत गर्नु ।
नेपाली उत्पादनहरुको प्रमाणपत्र जारी गर्नु । वाणिज्य,औद्योगिक, वित्तीय तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित शैक्षिक संगठनहरुको उत्थान तथा प्रवद्र्धन गर्न कार्यशाला,गोष्ठी तालिम तथा अनुसन्धानमुलक कार्यक्रमको सञ्चालन गर्नु ।
यसै गरी दोस्रो प्रमुख सहयोगी संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ हो । नेपाल उद्योग वाणिज्य निजी क्षेत्रको छाता संगठन हो । यस संगठनको स्थापना वि.सं. २०२२ सालमा भएको हो ।
जसको मुख्य उद्देश्य तथा लक्ष्य व्यापारिक र औद्योगिक संगठनहरुको हकहितको संरक्षण गर्नु हो । यस संगठनले राष्ट्रको उद्योग र वाणिज्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उद्योग र वाणिज्यको लागि आवश्यक सूचना,प्रवद्र्धन तथा प्रतिनिधिमूलक सेवा प्रदान गर्ने प्रयासहरु समेत गरिरहेको छ । राष्ट्रको उद्योग र वाणिज्यको विकासको लागि आवश्यक तालिम,कार्यशाला, कार्यगोष्ठी, व्यापार मेला आदिको आवश्यकता अनुसार आयोजना गर्नु यस संगठनको महत्वपूर्ण कार्य हो । नेपाल उद्योग वाणिज्य महासंघ गठन नेपालको ७७ जिल्लामा, जिल्ला स्तरीय तथा नगरपालिका स्तरका (हाल थप भएका नगरपालिकाहरु वाहेक) ९२ सदस्य रहने प्रावधान छ । वस्तु तथा क्षेत्रीय संघ–संस्थाहरुबाट ६८ जना सदस्य रहने प्रावधान छ र सार्वजनिक निकाय तथा निजी क्षेत्रहरुबाट ३२१ जना सदस्यहरु हने व्यवस्था छ ।
यसै गरी कार्यकारी समितिमा जम्मा ७४ जना सदस्यहरु रहन्छन् । ५ जना अध्यक्ष जो सदस्यहरुबाट मनोनित हुन्छन् र यिनीहरुको कार्य अवधि ३ वर्षको हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला तथा नगरपालिका परिषद्,वस्तु परिषद् र रोजगारदाता परिषद् गरी जम्मा ३ परिषद् हुन्छन् । रोजगारदाता परिषद्को रोजगारदाताहरुको राष्ट्रिय संगठन हो । जुन उद्योग वाणिज्य महासंघको स्थायी निकाय पनि हो । सरकार,कर्मचारी र रोजगारदाताबीच सुमधुर सम्बन्ध विस्तार गर्नु यस संगठनको मुख्य कार्य हो । त्यसैगरी यस संगठनले श्रम र श्रमिकहरुको संयक्त भावना,औद्योगिक सम्बन्ध आदिलाई ध्यानमा राखेर विभिन्न क्रियाकलापहरु सञ्चालन समेत गर्ने क्षेत्र अधिकार रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघले गर्ने मुल कार्यहरु भनेको व्यावसायिक समितिको प्रतिनिधि संस्था भएर कार्य सञ्चालन गर्ने । निर्यात र लगानीको विस्तार,प्रवद्र्धन र उद्यमी, व्यावसायीलाई परामर्श दिने, संयुक्त लगानी विस्तारमा जोड दिने र आवश्यक परेमा क्षेत्रगत विशेषज्ञको सेवा प्रदान गराउने हो । यस्तै व्यापार प्रदर्शनी र मेलाको लागि सहयोग पु¥याउने । देशभित्र तथा वाहिर सम्म सुमधुर व्यावसायिक सम्बन्धहरुको विकास तथा विस्तार गराउने हो । अनुसन्धानात्मक सेवा तथा व्यावसायिक सूचनाहरु आफ्ना सदस्यहरु समक्ष प्रदान गराउने ।उद्यमशीलताको विकास तथा प्रवद्र्धन गराउनका साथै सम्पुर्ण व्यावसायिक हितहुने प्रकारका कार्यक्रमहरुलाई जोड दिने र यसै गरी उद्योग व्यावसाय विकास सँग सम्बन्धित क्रियाकलावहरुलाई एक शसक्त ढंगवाट उद्योग तथा व्यावसायी संस्थावाट नै गर्नुपर्ने वास्तविकतालाई महशुस गरी नेपाल सरकारको अर्ध स्वामित्वको औद्योगिक व्यावसाय विकास प्रतिष्ठान नामक एक संस्था तत्कालीन जि.आई.जेट.को सहयोगमा गठन गरियो । औद्योगिक व्यावसाय विकास प्रतिष्ठान ऐन, २०५३ अन्तर्गत औद्योगिक व्यावसाय विकास केन्द्रलाई औधौगिक व्यावसाय विकास प्रतिष्ठानमा परिणत गरियो । यसै क्रममा प्रतिष्ठानले प्रदान गर्ने व्यावसाय विकास सेवालाई अझ प्रभावकारी बनाउन प्रतिष्ठान अन्तर्गत एक व्यावसाय विकास केन्द्र २०६८ असारदेखि स्थापना गरी सञ्चालन समेत गरिरहेको छ ।
औधोगिक व्यावसाय विकास प्रतिष्ठानले उद्योग व्यावसायको विकासमा सहयोग पु¥याउन विभिन्न प्रकारका तालिम तथा परामर्श सेवा प्रदान गराउँदै आएको छ । उद्योग व्यावसाय गर्न चाहने सम्भाव्य उद्यमीहरु र व्यावसाय सञ्चालन गरिरहेका उद्यमीहरुलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने,उद्यमी व्यवसायीलाई आवश्यक पर्ने विविध अर्थात विभिन्न व्यावसायिक सूचना प्रदान गर्ने,विभिन्न संघसंस्थाबाट प्रदान गरिने सेवा कार्यक्रमबारे जानकारी दिने हो ।
उद्योग व्यावसाय स्थापना र विस्तारमा सहयोग गर्ने आदि उद्देश्य वोकेर यस व्यवसाय विकास केन्ख्रको स्थापना गरेको छ । यसैगरी बस्तु विशेषमा पनि सहयोगी संस्थाहरु सञ्चालनमा रहेको पाइन्छ । जस्तैः केन्द्रीय चिया उत्पादक संघ, दुग्ध उत्पादन, फलफूलजन्य, तरकारीजन्य, फ्रेस हाउस आदि । यी सवैको उद्देश्य आफूसँग आवद्ध रहेका सदस्यहरुको हकहितका निमित्त सहयोगी काम कारबाही गर्ने वा गराउने नै हो ।
तर, यी सवै बस्तु विशेषमा सहयोग गर्ने संघ संस्थाहरु पनि उद्योग वाणिज्यको मातहतमा वा बस्तु विशेषका उप–समितिहरु भएर अगाडि बढ्दा फलदायी हुुन सक्दछ । कुनै उद्यमी वा व्यवसायी आफ्नो हक हित वा पिर, मार्काको लागि एक्लै लड्दा झन्झटिलो हुने, लामो समय लग्ने, खर्च बढी आउने आदि हुन्छ तर हामी चाहे लघु उद्यमी हौ, । चाहे साना उद्यमी वा मझौंला उद्यमी सवै एकछत्त भएर उद्योग वाणिज्य संघमा आवद्ध भइ वार्षिक रुपमा नविकरण तथा व्यावसायिक जिज्ञासाहरु समेत राख्दै उसका नीति, नियमको पालना गर्दै गएको खण्डमा व्यावसायमा भविष्यमा हुन सक्ने क्षति वा वर्तमानमा भई रहेको क्षतिलाई हामीले कम गर्न सक्छौ । आफू आवद्ध भएको संघमा आएर तपाईको व्यावसायलाई आवश्यक पर्ने कुराहरु राखेमा पक्का पनि तपाईको व्यावसायलाई प्राविधिक वा आर्थिक स्रोत बढाउने सहयोग पुग्दछ ।
जो व्यावसायको निमित्त फलदायी सावित हुने छ । यस्तैः सरकारी स्वामित्वमा रहेको घरेलु तथा साना उद्योग विकासको कार्यालय र अन्य विभिन्न गैर सरकारी संस्थाहरु विशेष गरी,अन्तर्राष्ट्रिय मजदुर संगठन,यू.एन.डि.पि. र मेडेपा प्रोजेक्डहरु रहेका छन् भने हालका दिनहरुमा आएर हेलविटास नेपाल जस्ता अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले पनि हामी उद्यमी व्यावसायीको सहयोगको निमित्त हाम्रा आवश्यता अनुसार परामर्श दिन तत्पर रहेका छन् । उद्योग वाणिज्य संघमा आवद्ध हुने हो भने कहिले हाम्रा उद्योगमा झिना मसिना कमजोरीहरु जस्तैः उद्योगीहरुले उत्पादन कार्यका लागि विभिन्न प्रकारका मेसिन÷उपकरण (संयन्त्र) प्रयोगमा ल्याएका हुन्छन् । तिनीहरूको रेखदेख गरी आवश्यकता अनुसारको सम्भार गरी काम गर्ने अवस्थामा राख्नु पर्दछ ।
अन्यथा मेसिन÷उपकरणहरू (संयन्त्र) विग्रन गई उत्पादन कार्य रोकिन जान्छ जसले गर्दा उद्यमि वा व्यावसायीहरुको उद्देश्य अनुरुप नाफा आर्जन नभई नोक्सान÷घाटा हुन जान्छ । कुनै कुनै अवस्थामा सम्भारको अभावमा उद्योग टाट पल्टन सक्छ । मर्मत तथा सम्भारको खास उद्देश्य पूर्ण संयन्त्रलाई काम गर्न सक्ने अवस्थामा राख्नु हो । सम्भारले संयन्त्रको विश्वासनीयता बढाउनुको अतिरिक्त कार्य दक्षता वृद्धि गर्दछ । सम्भार कार्यलाई संयन्त्रको आयु बढाउने र कार्य क्षमता मजवुत राख्ने उपायको रुपमा पनि लिन सकिन्छ । सम्भार भन्नाले संयन्त्र, भवन, उद्योगहाता सबैको सरसफाई, तेलको प्रयोग, नियमित जाँच, पेच किल्लाहरू कस्ने, आवश्यकता अनुसार पार्टपूर्जा फेर्ने, संयन्त्रलाई खिइन र बिग्रनबाट जोगाउने आदि कार्यहरू पर्दछन् ।
संयन्त्र निर्माणकर्ताहरूले उक्त संयन्त्रको सम्भार कार्य के कसरी गर्ने ? कहिले गर्ने आदि सिफारिस गरेका हुन्छन् । सोही अनुरुप संम्भार व्यवस्थापन गर्नु पर्दछ । यस्ता प्रकारका तालिम वा परामर्श समेत उद्योग वाणिज्य संघले व्यावसायिक विज्ञहरुको सहयोगवाट आफ्ना उद्यमी वा व्यावसायीलाई उपलब्ध गराउन सक्दछ । कुनै पनि उद्योग वा व्यावसायको स्थापना र संचालन गर्ने कार्य आफैमा जोखिम पूर्ण हुन्छ । जोखिम वहन गर्न नसक्ने डरले उद्योग वा व्यावसायहरुको स्थापना नै नगर्ने भन्ने चाँहि हुँदैन ।
हामी उद्यमी,व्यावसायीले हामीलाई सहयोग गर्न सक्ने संघ संस्थाहरु सँग आवद्ध भएर गयौं भने पक्का पनि एक्लो संघर्ष भन्दा सामूहिक वा संघ संस्थाहरुको माध्यम प्रयोग गरौं भने हाम्रा उद्योग वा व्यावसायमा भई रहेका सम्स्याहरु पक्का पनि न्यूनीकरण भएर जाने कुरामा हामी सबै उद्यमी,व्यावसायी विश्वस्त हुन जरुरी छ ।


829 पटक हेरिएको 








