इलाम ।
१३ वर्षीया एक बालिकालाई करणी गरि आठ महिनाको गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाइ नगरपालिकाका नौं जनालाई भदौ २४ गते सार्वजनिक गरेको छ । भदौ २३ गते पक्राउ आठ र त्यसअघिनै पक्राउ परेका एकको नाम सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरमा देउमाइ नगरपालिका–९ का ६० वर्षका चित्रबिर लिम्ब, ५४ वर्षीय ढुण्डीराज गिरी, हप्पे भनिने राजेश लिम्बू, सोही स्थानका १९ वर्षीय शान्तहाङ फत्र लिम्बू, १९ वर्षीय कुसाङ पत्रे लिम्बू, सोही स्थानका ३५ वर्षीय बीरबहादुर खजुम लिम्बू, ५० वर्षीय रामबहादुर लिम्बू, ६० वर्षीय भीमचन्द्र लिङदेन र १९ वर्षीय मिलन साँवा एसपी माधव श्रेष्ठले बताए । उनीहरू विरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरि भदौ २४ गते अनुसन्धानका लागि म्याद थप गरिएको श्रेष्ठले जानकारी दिए ।
बालिका गर्भवती भएको थाह भएपछि बालिकाका हजुरबाले भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा ११ जना विरूद्ध उजुरी दिएका थिए । उजुरी दिएमध्ये दई जनालाई गिरफ्तार गर्न बाँकी रहेकाले जनाइएको छ ।
बालिकाको गर्भपतन गराउन जिल्ला बाल कल्याण समितिले सिफारिस गरेपनि आठ महिनाको गर्भ भइसकेकाले गर्भपतन गराउन नमिल्ने डाक्टरले बताएको प्रजिअ तिम्सिनाले जानकारी दिए । पीडित बालिकालाई आफन्तकामा राखिएको छ । पीडित बालिकालाई आरोपितले पटक–पटक गरि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको एसपी श्रेष्ठले बताए ।