इलाम । इलाम बजार नजिकैको नारायणस्थानमा तीनवटा बम भेटिएको छ । नारायणस्थान मन्दीर माथि रहेको नेकपा माओवादी केन्द्रकोको पुरानो कार्यालयमा बम भेटिएको हो । कार्यालयमा दुईवटा सकेट र एउटा सुत्लि बम फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी टंकप्रसाद भट्टराईले बताए ।
एकिकरणपछि माओवादीको जिल्ला कमिटिको कार्यालय रहेको मारवाडी सेवा समाजको दुई तले भवन माओवादीले छाडिसकेको छ । माओवादीको कार्यालय हटेपछि लागु औषध प्रयोग कर्ताहरु भवनमा लागु औषध सेवन गर्ने गरेको गुनासो आएपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो । सोही क्रममा प्रहरीले बम फोला पारेको हो ।
बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा गरिरहको छ । बमलाई डिस्पोजका लागि नपाली सेनाको पशुपतिप्रसाद गणलाई जानकारी दिइएको प्रहरीले जनाएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला कार्यालय राखिएको थियो ।


2080 पटक हेरिएको 






