गजलतिमीबाट फाट्या मन , जसोतसो सिउँदै छु म,
तिम्रै याद भुल्न हरेक्, साँझ रक्सी पिउँदै छु म ।
सोच्या थिइनँ प्रिय तिम्रो, चरित्रले धोका दियो,
एक्लो भएँ मदिराको, सहाराले जिउँदै छु म ।
सबै त्यागेँ तिम्रो लागि, यहि मेरो गल्ती भए,
सजाय यो चोखो प्रेम् को, किन आज पाउँदै छु म?
कहाँ थिएँ हिजोसम्म, शुन्यमा झार्यौ प्रिय,
स्वार्थी दुनियाँमा आज, पागल् बनी छाउँदै छु म!
सुर्योदय १२ इलाम


1175 पटक हेरिएको 









