प्रेसको अधिकार कुण्ठित पारेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  सरलपाटी सम्वाददाता

 414 पटक हेरिएको

  इलाम ।भदौ १ बाट जारी भएको संहिताले प्रेसलाई कुण्ठित पारेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ संहितामा प्रेससँग सम्बन्धित प्रावधानले प्रेसको अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पारेको भन्दै तत्काल संसोधन गर्न माग गरेको हो । संहिताको दफा ४५, ५० लगायतका दफामा मिडियालाई अधिकार कुन्ठित पार्दै प्रेसमाथि बन्देज गर्न खोजेको बिज्ञप्तीमा लेखिएको छ । आज दिउँसो निमित्त प्रमुख जिल्ला अधिकारी देवीचरण फँुएलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र १ नम्बर प्रदेशका उपाध्यक्ष सोमनाथ सुशेली र इलाम शाखाका सचिव ख्याम भुजेलले संयुक्त रुपमा निमिक्त प्रमुख फुँएललाई हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझ्दै फुएलले आफू यस प्रति सचेत रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको समन्वय मार्फत छिट्टै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पु¥याइदिने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार