नेपालटारको दुई पसलमा चोरी, पक्राउ पर्यो चोर

  सरलपाटी सम्वाददाता

 905 पटक हेरिएको


इलाम । इलाम नगरपालिका १ को नेपालटारमा हिजो राती दुई पसलमा चोरी भएको छ । सुरेन्द्र राईको मनि ट्रान्सफर र पसल र एउटा ब्युटी पार्लरमा चोरी भएको हो । दुई पसलमा गरेर तीन लाख रुपैयाँ भन्दा बढि चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । चोरी भएको थाहा पाएपछि स्थानीय र प्रहरीले चोललाई रातीनै लखेटेका थिए । चोर पुवाखोलामा हामफालेपछि रातैभर प्रहरीले खोला आसपासमा बसेको थियो । प्रहरीले चोरलाई विहान पाँच वजेति खोलाबाटै पक्राउ गरेको हो । पक्राउ परेकाले आफ्नो दाम श्याम थापा र घर दार्जिलिङ्ग बताउँदै आएको छन् । चोरले परिचय ढाट्ने गरेको इलाका प्रहरी कार्यालय मंगलवारेका प्रहरी निरीक्षक प्रदिप कुमार पौडेलले बताए । प्रहरीले उनको साथबाट ३२ हजार रुपैयाँ बरामद गरेको छ । घट्नामा अरुपनि संलग्न हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । केही दिन अघिमात्रै इलाम बजारको दुई पसलमा समेत चोरी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार