माइमा चट्याङले एकको मृत्यु, दुई घाइते

  सरलपाटी सम्वाददाता

 498 पटक हेरिएको


इलाम । इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । मंगलवार साँझ छ वजेति वर्षासंगै परेको चट्याङ लागेर माइनगरपालिका–६ की २७ वर्षिया धन कमारी योङहाङ्ग घाइते भएकी थिइन् । स्थानीय क्लिनिकमा उपचार गराउँदा गराउँदै राती नौ वजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सोही चट्याङमा परेर दुई घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ । चट्याङ लागेर घाइते भएकी २२ वर्षकी माया लिम्बुको दमकमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । चट्याङ लागेर २२ वर्षकै पवित्रा लिम्बु घाइते भएकी छिन् । घाइते दुवैको दमक स्थित लाईफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार