इलाम । इलाम नगरपालिका मौरीपालक महासंघको अध्यक्षमा लक्ष्मी दाहाल निर्वाचित भएका छन् । यस्तै समितिको उपाध्यक्षमा रोहित कुँवर, सचिव ठाकुरप्रसाद खतिवडा र कोषाध्यक्ष निशा अधिकारी चयन भएका छन् । समितिको सदस्यहरुमा टीका खतिवडा, हुतराज पोख्रेल, भास्कर भारद्धाज (निरौला), केबी सुब्बा, गोविन्द दाहाल,
निरबहादुर खड्का, सिताराम रेग्मी, मुकेश थापा, रणबहादुर गुरुङ लगतयत रहेका छन् ।
इलाम नगरपालिका १० गोदकमा भएको गठन कार्यक्रममा महासंघका केन्द्रिय सदस्य एवम् १ नम्वर प्रदेशका संयोजक बुद्धिनाथ तिम्सिना, प्रदेश नम्वर एकका सदस्य लेखनाथ दाहाल लगायतको उपस्थिति े थियो ।
गठित समिति तदर्थ भएकाले सवै मौरीपालक किसानलाई समेटेर पूर्ण समिति निर्माण गरिने वताइएको छ । सहभागीहरुले यस व्यावसायमा खासै झन्झट नहुने भए पनि प्राविधिक ज्ञानको कमी, वजेट र वजारको अभावले धेरै किसान यसमा व्यावसायिक रुपमा लाग्न नसकेको गुनासो गरेका थिए । प्रत्येक स्थानिय तहले मौरी पालन व्यावसायलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याउन आवश्यक रहेको पनि वताएका थिए ।