राँके बजारमा भइरहेको आगलागी नियन्त्रण गर्नका लागि इलाम नगरपालिकाको दमकल भरखरै हिडेको छ । यहाँको झण्डै एक घण्टामा दमकल राँके पुग्नेछ । फिदिमको दमकल भने यसअघिनै हिँडेकाले आइपुग्न लागेको प्रहरीले जनाएको छ ।
ठालुमान श्रेष्ठ र उनका भाई नरबहादुर श्रेष्ठको घर जलेर पूरै नष्ट भएको र सो घरमा पसल गर्ने भीमबहादुर बस्नेत र श्रीबहादुर विष्टको कपडा पसल, इश्वर श्रेष्ठको पसल जलेर नष्ट भएको स्थानीय होटल व्यवसायी प्रकाश बस्नेतले जानकारी दिए ।
अहिले स्थानीय, शसस्त्र प्रहरी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर, आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि थप नेपाली सेनाको टोली घटनास्थलमा गइरहेका छन् ।