
इलाम । इलामको देउमाई नगरपालिका– ५ क्याबुङमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपणमा एक सय विरुवा र स्थानीय जातका उत्तीस र मलातोको विरुवा रोपिएको थियो ।
सूर्योदय विकास संस्था देउमाई नगरपालिकाको आयोजना तथा वनस्पति अनुसन्धान केन्द्र इलामको आयोजनामा भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यण्हरु, पूर्व अध्यक्ष हरु ,अभिभावक, पूर्व तथा वर्तमान शिक्षक शिक्षिका, तथा सूर्योदय बिकास संस्था का पदाधिकारी तथा सदस्य को उपस्थिति रहेको थियो ।
इलामको ग्रीन सीटी नर्सरी सेराबाट रुद्राक्ष को बिरुवा ल्याइ वृक्षारोपण गरिएको थियो ।् वृक्षारोपण कार्यक्रम को औपचारिक र अनौपचारिक गरी दुई सत्रमा गरिएको थियो ।
सूर्योदय बिकास संस्थाका अध्यक्ष प्रबेश पराजुली को अध्यक्षता मा तथा समाजसेवी,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पराजुलीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा खगेन्द्र पोख्रेल ,होमनाथ बराल,ऋषि केश पराजुली कुलप्रसाद पराजुली लगायत ले शुभकामना मन्तव्य राखेका थिए भने बिष्णुप्रसाद सापकोटाले स्वागत मन्तव्य तथा भुपेन्द्र पोखरेलले कार्यक्रम सञ्चालन गरेका थियो ।


549 पटक हेरिएको 






