अब सडकमा पनि कन्भेक्स ऐना

  मुना अधिकारी

 1066 पटक हेरिएको

इलाम ।इलाममा दुर्घटना हुन नदिन कन्भेक्स ऐना जडान गरिएको छ । इलाम नगरपालिकाको सहयोगमा जिल्ला ट्राफिक कार्यालय इलामले इलाम नगरपालिकाका पाँचवटा घुम्तीहरुमा ऐना जडान गरिएको हो ।
नगरपालिकाका मुख्य पाँच वटा दुर्घटनास्थल घुम्तीहरुमा सडक दुर्घटनालाई कम गर्न यस्तो जडान गरिएको जिल्ला ट्राफिक कार्यालय इलामका इन्चार्ज पदम बहादुर राईले जनाए । इलाम झापा सीमाना जोरकलशदेखि हर्कटेसम्म दुई महिना अगाडि तीन वटा घुम्तीहरुमा जडान गरिएको कन्केभ ऐनाको यातायात चालकहरुले प्रयोग गरेकाले हाल दुर्घटना समेत नभएको उनको भनाई छ ।तीन वटा उद्देश्यका साथ ऐना जडान गरिएको उनले बताए । जसमध्ये जिल्लाको दश किलोमिटर सडक नमुना बनाउने र सो सडक जोरकलशबाट हकर्टे भएकाले सोही क्षेत्रमा जडान गरेको बताए यस्तै इलामलाई नमुना सहर बनाउनका लागि सदरमुकाममा जडान गरिएको हो र इलामको बसपार्कलाई समेत नमुना बनाउन सो क्षेत्रमा समेत कन्केभ ऐना जडान गरिने बताए । हालसम्म इलाम जिल्लामा नौ वटा कन्केभ मिरर्स जडान गरिएकोमा चार वटा डिभिजन सडक विभाग र पाँचवटा इलाम नगरपालकाले उपलब्ध गराएको हो ।कन्केभ ऐनालाई कर मिरर समेत भनिने यो घुम्तीहरुमा दुईकोण बाट गाडीहरु देखिने गरेर जडान गरिने ट्राफिक इन्चार्ज राईले बताए । पछिल्लो समय ट्राफिक प्रहरीले दुर्घटना कम गर्नका लागि विभिन्न काम गर्दै आएको छ । ट्राफिकले गाउँ गाउँ पुगेर सामुहिक रुपमा प्रशिक्षक दिने र ट्राफिक संकेतको बारेमा समेत जानकारी गराउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार