चुम्लुङ्गको स्थापना दिवश मनाइयो

  सरलपाटी सम्वाददाता

 732 पटक हेरिएको


इलाम। किरात याक्थुङ्ग चुम्लुङ्गको ३० औं स्थापना दिवश विविध कार्यक्रम गरी मनाइएको छ ।
किरात याक्थुङ्ग चुम्लुङ्ग बरबोटे गाउँ शाखाको आयोजनामा बरबोटेमा पनि स्थापना दिवश मनाइएको छ । कार्यक्रममा लिम्बूहरुको मौलिक बाजा च्याब्रुङ्गसहति च्याब्रुङ्ग नाच नाचिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि किरात याक्थुङ्ग चुम्लुङ्गकी केन्द्रीय सदस्य विष्णु तुम्बापोले च्याब्रुङ्ग बजाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा चुम्लुङ्गकी पूर्व केन्द्रीय सदस्य मनराज जबेगू, इलाम नगरपालिका वडाध्यक्ष ठाकूर श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
किरात याक्थुङ्ग चुम्लुङ्ग बरबोटेका अध्यक्ष प्रेमराज लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गणेश लिम्बूले स्वागत गरेका थिए । कार्यक्रम सचिव तीर्थ जबेगूले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार