यौनजन्य हिंसा र बलात्कार रोक्न इलाममा एक महिना अभियान चलाइने

  सरलपाटी सम्वाददाता

 566 पटक हेरिएको


इलाम । यौनजन्य हिंसा र बलात्कारको घट्ना न्युनीकरणको लागि इलाममा एक महिने सचेतना अभियान सञ्चालन गरिने भएको छ । बलात्कारको घटना विरुद्ध एक नम्बर प्रदेशको एक सय ३७ वटै स्थानीय तहमा सचेतना कार्यक्रम गर्न प्रदेश प्रहरी कार्यालयले पत्रचार गरेपछि इलाममा बसेको सरोकारवालाको बैठकले जिल्लामा भने एक महिने सचेतना अभियान चलाउने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा भएको बैठकमा इलामको दशवटै स्थानीय तहमा विद्यालय सचेतना कार्यक्रम गर्ने, विभिन्न ठाउँमा सचेतना मुलक सडक नाटक मञ्चान गर्ने, नयाँ फैजदारी संहीतामा भएको ब्यवस्थाका बारेमा जानकारी दिने, वालक्लब, आमा समुह लगायत स्थानीय स्तरमा रहेका समुहसंग अन्तरक्रिया गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चार माध्यमहरुमा चेतनामुलक सन्देश प्रकाशन प्रसारण गर्ने निर्णय गरिएको छ । भदौ २० गतेदेखि अभियान सञ्चालन गर्ने तयारी छ । एक महिनासम्म गरिने कार्यक्रम तय गर्नका लागि प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा एक समिति गठन गरिएको छ । अभियान सञ्चालन गर्न प्रहरी उपरिक्षक माधव श्रेष्ठको संयोजकत्वमा स्थानीय गैर सरकारी संस्थाहरु सदस्य रहेको अभियान आयोजक टोली समेत गठन गरिएको छ ।
इलाममा आव २०७३/०७४ इलाममा जवरजस्ती करणीका ३० वटा घटना दर्ता भएका थिए । ०७४/०७५ मा जवरजस्ती करणीका १९ मुद्दा दर्ता छन् । जवरजस्ती करणी उद्योगमा ११ घटना दर्ता भएको छन् । चालु आवको दुई महिनामा दुईवटा वलात्कारका दुई र करणी उद्योगका ३ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार