इलाममा शसस्त्र प्रहरीको गण रहने, सन्दकपुरसहित चार स्थानमा पोष्ट

  सरलपाटी सम्वाददाता

 573 पटक हेरिएको

इलाम नगरपालिका वडा नं ४ र ५ को बरबोटेको घलेटारमा शसस्त्र प्रहरीको गण स्थापना हुने भएको छ ।
घलेटार सामुदायिक वन उपभोक्ता समितिले शसस्पत्रको पाथीभरा गण बस्नका लागि करीब २० रोपनी जग्गा दिने निर्णय गरेको छ । वनको जग्गासँगै दुई जना व्यक्तिको ७९ रोपनी जग्गा अधिग्रहण गरेर क्याम्प राख्ने तयारी भइरहेको शसस्त्र प्रहरीको एसपी कुबेर खड्काले बताए ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले मंगलबार गण स्थापना गर्ने जग्गाको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री कार्कीले इलाम बरबोटेस्थित घलेटार सामुदायिक वनक्षेत्र अधिग्रहण गर्ने व्यक्तिको जग्गाको निरीक्षण गरेका हुन् ।
सदरमुकाममा शसस्त्रको गण स्थापनासँगै नेपाल–भारत सीमा क्षेत्रका चार स्थानमा शसस्त्र प्रहरीको पोष्ट राखिने भएको छ । शसस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सीमा क्षेत्रका चार स्थानमा बोर्डर पोष्ट राखिने बताइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रण गर्न र सीमाको सुरक्षा गर्न पशुपतिनगर, छब्बीसे, मानेभञ्ज्याङ र सन्दकपुरमा शसस्त्र प्रहरीको वीट राख्ने निश्चित भएको छ ।
मन्त्री कार्कीसँगै आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ का सचिव गोपालप्रसाद पराजुली, प्रहरी नायब महानिरीक्षक केदार रिजाल र शसस्त्र प्रहरी बल एक नम्बर बाहिनीका शसस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठसहितको टोलीले गण बस्ने जग्गा र सीमा क्षेत्रको निरीक्षण गरेको हो । गण ‘एसपी’ को नेतृत्वमा बस्ने छ । मन्त्री कार्कीले मंगलबारनै सीमाक्षेत्र पशुपतिनगरको पनि निरीक्षण गरी स्थानीयसँग सीमा सुरक्षाका विषयमा छलफल गरेका छन् ।
हाल इलामको कारागारसँगै शसस्त्र प्रहरीको श्रीअन्तु गुल्म बस्दै आएको छ ।

न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार