पत्रकारिता मरेको दिन अरु सवैको निन्द्रा हराउछ

  मुना अधिकारी

 535 पटक हेरिएको

फोटोः विनु खड्का

इलाम । भदौ एक गतेबाट लागु भएको मुलुकी फौजदारी संहिताले प्रेस स्वन्त्रतामाथि अकुंश लगाएकाले त्यसलाई खारेज गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले धेरै बुदामा प्रेसमाथि अंकुश लगाउने ब्यवस्था राखिएकाले त्यसलाई खारेज गरेर नयाँ कानुन बनाउनुपर्ने सहभागीको जोड छ । मुलुकी फौजदारी संहिता भन्दा वैयक्तिक गोपनीयता सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा पत्रकारितालाई झन अंकुश लगाउनेगरि प्रावधानहरु राखिएकाले विधेयकनै फिर्ता लिन सहभागीको आग्रह छ । ‘नयाँ कानुनमा पत्रकारितालाई मास्नेगरि ब्यवस्था गरिएको छ त्यसले अहिले हाम्रो निन्द्र छैन’–पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले भने–‘पत्रकारिता मरेको दिन अरु सवैको निन्द्रा हराम हुनेवाला छ ।’
कार्यक्रममा नेपाल बार एसोशिएसनका पूर्व अध्यक्ष सुधिर बोहोराले मुलुकी फौजदारी र मुलुकी देवानी सहिंतामा प्रेस सम्बन्धि व्यवस्थाको विषयमा प्रष्ट पारेका थिए । नले गोपनीयता सम्बन्धि विधेयकमा प्रेस प्रतिकुल हुने ब्यवस्थाका बारेमा समेत जानकारी दिए ।
कार्यक्रममा सहभागीले नयाँ कानुनमा अब्यवहारिक ब्यवस्था राखेर पत्रकारितालाई अफट्यारो परेको बताए । पत्रकार भीम चापाँगाईले जनतालाई सहजले प्रयोग भएका सूचनामाथि अकुंश लगाँउदा पेसा नै धरापमा परेको बताए । सरकारका विरुद्धमा ध्यानाकर्षण गर्न नहुने, सकारातमक माात्र लेख्नुपर्ने कानुनले गम्भिर बनाएको उल्लेख गरे । ‘स्थायी प्रतिपक्षिको भुमिका कमजोर हुने भएको छ’–उनले भने–‘लेख्नेवित्तिकै अदालत जानुपर्ने ब्यवस्था छ ।’ कुनै अभियोगमा पक्राउ परेकाको बारेमा समाचार लेख्न नपाइने, सजाय भुक्तान गरिसकेको ब्यक्तिको विगतको बारेमा लेख्न नपाइने, सार्वजनिक पदमा बसेका व्यक्तिको शैक्षिक योग्यताको विषयमा प्रश्न गर्न नपाइने व्यवस्था पत्रकारिता अफ्ठ्यारो हुने उनको भनाई छ ।
कार्यक्रमम्का अतिथि श्रवण शर्माले गोपनीयताको अन्तराष्ट्रिय सिद्दान्तकै प्रतिकुल हुनेगरी विधेयक ल्याइएको बताए । फैजदारी देवानी संहितामा सरकारको आलोचना गर्न समेत नपाइने ब्यवस्थाले सरकार निरङ्कुशतातिर लम्किएको बताए ।
नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेशका उपाध्यक्ष सोम सुसेलीले दलहरु मिडियाकै भ¥याङ चढेर माथि पुगेर प्रेस प्रतिनै खनिएको बताए । प्रेस स्वतन्त्रता विपरित भएको विधेयक जुनसुकै अवस्थामा सशोंधन गर्नुपर्ने बताए । उनले सबै राजनीतिक दलहरुकोको सहमतिमा बनेको विधेयकले पत्रकारहरुलाई भने पेसा परिवर्तन गर्न बाध्यता बनाउने बताए । यसलाई पुर्नलेखन, सशोंधन गर्न आन्दोलन गर्न तयार रहेको बताए ।
अधिवक्ता उत्तम पौडेलले अधिकारको बढोत्तरी गर्नुपर्छ भन्ने मान्यता विपरित पत्रकारिताको अधिकार संकुचन गरिएको बताए । ‘फैजदारी संहिताले ज्यान हत्या गर्नेलाई शक्तिशाली बनाएको छ । पत्रकारलाई कमजोर बनाउने काम भयो’ पौडेलले भने ।
यस्तै इलाम सहयोग परिषदका सयोंजक राम रिमालले राजाको शासन कालमा भन्दा पनि प्रतिगामी कानुन ल्याइएको बताए । नयाँ ऐनको व्यवस्था कार्यान्वयनमा आए भ्रष्टाचार र अनियमीतता गर्न बताए ।
कार्यक्रममा वरिष्ट अधिवक्ता जेवी लुङ्गेलीले जनतालाई केन्द्रविन्दुमा राखेर कानुन बनाइनुपर्ने बताए । संवैधानिक अभ्यासमा कच्चा अवस्थामा रहेकाले त्रुटि भएका कानुनहरुलाई सच्याउँदै जानुपर्ने बताए । मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिङ थेबेले पत्रकारले सरकार जनताको बिचमा पुलको काम गर्ने हुनाले उनीहरुलाई अंकुश लगाउनु नहुने बताए । कार्यक्रममा विभिन्न संचार माध्यमका सञ्चारकर्मी, कानुन व्यवसायी लगायतको उपस्थिति रहेको थियो कार्यक्रम नेपाल पत्रकानर महासंघ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार