पहिरोको जोखिमले २५ परिवार विस्थापित

  सरलपाटी सम्वाददाता

 628 पटक हेरिएको


पाँचथर । पहिरोका कारण पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर ३ ओयाममा २५ घर विस्थापित भएका छन ।
बस्ती माथि करिब ६० मिटर लामो जमिन क्षेत्र लच्केर पहिरो खस्न थालेपछि यत्तिको परिवारका ७९ जना सदस्य बिस्थापित भएका हुन । पहिरोका कारण स्थानीय हरिराज सेलिङ, हर्क सेलिङ, अमृत सेलिङ, चन्द्रम सेलिङ, रामप्रसाद सेलिङ, माइतराज थोक्लिहाङ, आइतराज सेलिङ, सुकवहादुर सेलिङ, देउकुमार सेलिङ, हर्क सेलिङ, रमेश सेलिङ र सुवाष सेलिङ सहित २५ परिवार विस्थापित भएको याङवरक ३ का वडासदस्य मचिन्द्र सेलिङले जानकारी दिए ।
बिस्थापित भएका स्थानीयलाई नजिकैका नेपालडाँडा, थक्सुङडाँडा र सिक्तेङ भन्ने स्थानमा स्थानानतरण गरि सामुहिक वसोवासको चाँजोपाँजो मिलाइएको वडा सदस्य सेलिङको भनाई छ । पहिरोको जोखिमवारे वुझ्न तत्काल टोली परिचालन भएको पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार