कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन लगत्तै एसपी निलम्बित, डिएसपी र इनिस्पेक्टर फिर्ता

  सरलपाटी सम्वाददाता

 469 पटक हेरिएको


काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
कञ्जनपुर भीदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निमैला पन्तको बलात्कारपछि हत्या भएको थियो । दोषीलाई कार्वाही हुनुपर्ने माग राख्दै स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ’ प्रधानमन्त्री ओलीले भने ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’
घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘बालिकाको बलात्कार गरी हत्या गर्ने,आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।’ प्रधानमन्त्ती ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह पनि गरेका छन् ।
नेकपाका स्थायी समिती सदस्य भीम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेका थियो ।
एसपी निलम्बित
कञ्चनपुरको बालिका बलात्कारपछि हत्या भएको घटना विवादित बनेपछि त्यहाँका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गरिएको छ ।
गृह मन्त्रालयको शनिबारको बैंठकले विष्ठलाई निलम्बन गरेको हो । विष्टलाई निलम्बन गर्ने मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यसरीनै प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई गृहले फिर्ता बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार