प्रमुख बस्नेतले गाउँमै गएर गुनासो सुन्ने

  सरलपाटी सम्वाददाता

 1404 पटक हेरिएको

इलाम । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत जनताका गुनासो सुन्नका लागि साप्ताहिक रुपमा इलाम नगरपालिकाका वडा–वडामा जाने भएका छन् । ‘जनतासँग मेयर’ कार्यक्रम लिएर प्रमुख बस्नेत बस्नेत वडा– वडा कार्यालय पुगेर नागरिकको गुनासो सुन्ने र समाधानको प्रयत्न गर्ने कार्यक्रम तय गरिएको छ । प्रमुख बस्नेत हरेक शुक्रबार जनताको गुनासो सुन्नेछन् । शुक्रबार कुनै कार्यक्रम परे अर्कोदिन कार्यक्रम तय गरिएको प्रमुख बस्नेतको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार