डुबेर एकको मृत्युु, आगलागीमा १५ लाख बढी क्षति


इलाम। देउमाई खोलाको दोभानमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।
देउमाई नगरपालिका वडा नं. १ निवासी ५५ वर्षीय विचारे बराइली देउमाई नगरपालिका १ स्थित देमाईको दोभानमा डुबेर मृत्यु भएको हो ।
इलामका प्रहरी कार्यालय मंगलबारको प्रहरीले बराइलीको शबलाई पोष्टमार्टमका लागि इलाम अस्पताल पठाएको छ ।
सोलारबाट आगलागी
फाकफोक थुम गाउँपालिका १ स्थित लुम्सुमदाङ्गका भीम बहादुर बराइलीको घरमा आगलागी हुँदा पूर्ण रुपमा नष्ट भएको छ ।
सोलार सट भई आगलागी हुँदा टिनको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले बताए । घर आगलागी हुँदा नगद सात लाख, ६ तोला सुन र अन्नपात जलेर नष्ट भएको छ । घर जल्दा १५ लाख ८१ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार