इलाम। इलाममा एक महिलाले सडकमै शिशु जन्माएकी छिन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधार दिउँसो सडकमै शिशुलाई जन्म दिएकाी हुन् । अस्पताल लैजाँदै गर्दा सुत्करी बेथा लागेपछि मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माएकी हुन् ।
इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्यसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
सडकको अवस्था राम्रो नभएपछि अस्पताल लैजान पनि मानिसकै भर पर्नुपर्छ । घरबाट पक्की बाटो वा अस्पतालसम्म पुग्न नै धेरै समय खर्चिनुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।